समाजवादीका २ जना जिल्ला कमिटी सदस्य सहित वडा कमिटि एमालेमा समायाेजन

समाजवादीका २ जना जिल्ला कमिटी सदस्य सहित वडा कमिटि एमालेमा समायाेजन

  • Kandara Samachar

  • शनिबार, जेष्ठ ५, २०८१

  • 428
    SHARES
समाजवादीका २ जना जिल्ला कमिटी सदस्य सहित वडा कमिटि एमालेमा समायाेजन

नानु कार्की/धादिङ ।

नेकपा समाजवादी जिल्ला कमिटि २ सदस्य समेत निलकण्ठ नगरपालिका वडा नम्बर ५ काे समाजवादी पार्टी कमिटि एमालेमा समायाेजन भएकाे छ ।
समाजवादिका जिल्ला कमिटि सदस्य रामहरि ढुंगाना , दिपक खतिवडा , वडा कमिटिका अध्यक्ष आर पि पुडासैनि , सानुकाजि बज्राचार्य लगायतकाे वडा कमिटि आफ्नै घर नेकपा एमालेमा फर्केका छन् ।
आफ्नाे रगत पसिना र जिवनकाे उर्जाशील समय खर्चेकाे पार्टी एमाले भएकाेले याे भन्दा बाहिर रहेर राजनितीक भविष्य खाेज्न नसकिने भन्दै एमालेमा नै फर्किएकाे जिल्ला कमिटी राहरि ढुंगानाले बताउनुभयाे ।
पार्टी प्रवेश अघि भएकाे छलफल कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज धर्मदत्त देवकाेटा , केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा संस्थापक नेता जगन्नाथ नेपाल , जिल्ला कमिटि सचिव राधिका सापकोटा , पुर्व प्रदेश कमिटि सदस्य रामकुमार अधिकारी , जिल्ला कमिटि सदस्य तथा नगर ईन्चार्ज वेदनिधि पाठक, जिल्ला कमिटि सदस्य केदार खतिवडा , जिल्ला कमिटि सदस्य तथा वडा नं ५ का ईन्चार्ज रमेश ढकाल , निलकण्ठ नगर कमिटि अध्यक्ष काजि श्रेष्ठ, काठमाडौ सम्पर्क मन्चका उपाध्यक्ष केदार जमकट्टेल लगायत नेताहरूकाे सहभागिता रहेकाे थियाे ।
पार्टी एकतावद्ध र संगठित बनाउन सबै लाग्ने स्थानीय नेताहरुले बताएका छन् ।
यसअघि
राष्ट्रिय स्वतन्त्र पार्टीका २ नम्बर क्षेत्रिय सभापति उत्तम अधिकारी, नेत्रावती डबजाेङ गाउँ पालिका समिति सभापति शुकबहादुर गुरुङ, सदस्यहरु सुजन मम्वा, कृष्ण लामा, शुकराम तामाङ, विशाल पाख्रिन लगायत रास्वपा पालिका कमिटि एमालेमा प्रवेश गरेकाे हाे । पार्टी प्रवेश गर्नुभएका अधिकारी पुर्व एमाले कार्यकर्ता हुन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar