गजुरी दुर्घटनामा एककाे मृत्युु , पृथ्वी राजमार्ग अवरुद्ध

गजुरी दुर्घटनामा एककाे मृत्युु , पृथ्वी राजमार्ग अवरुद्ध

  • Kandara Samachar

  • शुक्रबार, जेष्ठ ४, २०८१

  • 425
    SHARES
गजुरी दुर्घटनामा एककाे मृत्युु , पृथ्वी राजमार्ग अवरुद्ध

रामहरि थापा/ धादिङ ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँ पालिका वडा नम्बर १ गजुरीबजारमा ट्रक र मोटरसाईल ठाेक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
काठमाडौंबाट चितवन तर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरससाईकल चालकको घटनास्थलमा नै मृत्यू भएको हो ।
मृत्यू हुनेमा सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का शनि घले रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार मिश्रले जानकारी दिनुभयाे ।
दुर्घटनामा परेका सुबिन सुनारको उपचारको लागि हाल काठमाण्डौ रिफर गरिएको छ ।
दुर्घटना पछि पृथ्वी राजमार्गकाे गजुरी बजारमा स्थानिय र पिडित पक्षले अवरोध गरेको ईलाका प्रहरी गजुरीले जानकारी दिएको छ ।
घटनास्थलमा मृत्यु भएकाकाे मुचुल्का नगरि शब उठाएपछि बजारबासिले बिराेध जनाउँदै राजमार्ग अवरुद्ध गरेका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar