एउटै विद्यालयबाट १९ शिक्षक हटाइएकाेमा ट्रेड युनियन काँग्रेसकाे बिराेध

एउटै विद्यालयबाट १९ शिक्षक हटाइएकाेमा ट्रेड युनियन काँग्रेसकाे बिराेध

  • Kandara Samachar

  • बुधबार, जेष्ठ २, २०८१

  • 63
    SHARES
एउटै विद्यालयबाट १९ शिक्षक हटाइएकाेमा ट्रेड युनियन काँग्रेसकाे बिराेध

नानु कार्की/धादिङ।

नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ माध्यामिक विद्यालयबाट हटाइएका १९ जना शिक्षकहरुको पुनरबहालीको लागि नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति धादिङले माग गरेको छ ।
पत्रकारसम्मेलन मार्फत नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति धादिङले नीलकण्ठ नगरपालिकाको नीलकण्ठ माविमा कार्यरत १९ जना शिक्षकहरु हटाएको विषयमा विरोध जनाउँदै ससम्मान पनरबहालीको माग गरेको छ ।
रोजगार दाताहरुले श्रमजीविहरुको न्यून पारिश्रमिक दिने, श्रम गर्नबाट बन्देज गर्ने हटाउने, अपमानित गर्ने गरेको भन्दै त्यस्तो व्यवहार नगर्न नगराउन सम्वद्ध पक्षसँग जोडदार माग गरेको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति धादिङका अध्यक्ष ध्रुब प्रसाद रिजालले हस्ताक्षर गरि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा वर्तमान समयमा धादिड जिल्लामा कार्यरत श्रमिकहरुको समस्या देखिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्ल्ेख गरिएको छ ।
विशेषगरी विद्यालयमा अध्यापन गराइरहनु भएका शिक्षकहरु र कर्मचारीहरुलाई विभिन्न वहानामा निकालिनु,स्वास्थ्यकर्मीहरु डाक्टरहरु, नर्सहरु तथा अन्य श्रमिक कर्मचारीहरु लगायत विभिन्न कार्यालयहरुमा संलग्न कार्यालय सहयोगीहरुलाई ज्यादै न्यून पारिश्रमिकमा काम गर्न वाध्य बनाएको भन्दै यस विषयलाई बेवास्ता गरि श्रमिकहरुको अपमान गरिएमा नेपाल टेड युनियन कांग्रेस धादिड जस्तोसुकै कदम चाल्न पछि नपर्ने रिजालले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला समिति धादिङले पछिल्लो समय नीलकण्ठ बालमन्दिर मावि र धादिङ अस्पतालमा कार्यरत श्रमिकहरुलाई समस्या भएको र उजुरी समेत परेको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा नीलकण्ठ माविबाट विद्यालय एकिकरणको नाममा १९ जना शिक्षक हटाइएको विरोध गर्दै पुनरबहाली गर्न नीलकण्ठ नगरपालिका प्रमुख भिमप्राद ढुंगानालाई आग्रह गरिएको छ । नीलकण्ठ नगरपालिकाअर्को विद्यालय सुनौलो भैरबी माविबाट ७ जना शिक्षकहरु निकालिएकोले पुनरबहालीको माग गर्दै पुनरबहाली नगरे आन्दोलनको कडा शब्दमा चेतावनी दिएको छ ।
स्वास्थ्य क्षेत्रमा १८ वर्षदेखि काम गररहेकाहरुलाई निकाला गरिरहेको, धादिङ अस्पतालमा पुराना भन्दा हालै भर्ना गरिएका कार्यालय सहयोगिलाई धेरै तलब दिने र पुरानाहरुलाई श्रोम शोषण गरेको भन्दै असमानता भेदभाव व्यवहार अन्त्यगर्न र समानकामको समान ज्याला दिन समेत रिजालले माग गर्नुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar