नेत्रावती एमालेमा शाक्य निर्वाचित

नेत्रावती एमालेमा शाक्य निर्वाचित

  • Kandara Samachar

  • मङ्लबार, जेष्ठ १, २०८१

  • 123
    SHARES
नेत्रावती एमालेमा शाक्य निर्वाचित

विकासको पहिलो आधार गुणस्तरीय शिक्षा हो: गुरु बराल

प्रविन रिजाल/ धादिङ –

नेकपा एमाले नेत्रावती डबजाेङ गाउँपालिकाकाे दाेस्राे अधिवेशनबाट दुर्गाकुमार शाक्यलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेकाे छ ।
अधिवेशनले उपाध्यक्षमा वसन्त घले,, सचिवमा डलबहादुर मगर, उपसचिवमा पूर्णीमाया तामाङ र तिलबहादुर गुरुङ निर्वाचित हुनुभएकाे छ ।
डिलबहादुर मगरकाे अध्यक्षतामा भएकाे अधिवेशन बन्दसत्रले ३१ सदस्यीय कार्यसमितिकाे सर्वसम्मत निर्वाचित गरेकाे हाे ।
अधिवेशनको उद्घाटन गर्दै नेकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज गुरु बरालले
गाउँ गाउँमै गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नुपर्ने बताएका छन् ।
पालिका स्तरमै प्रविधिमैत्री पठनपाठनमा जोड दिएर युवाहरुलाई स्थानीय ठाउँमा नै स्वरोजगार बनाउने खालको कार्यक्रम अघि सार्नुपर्ने उनले बताए । दुर दराजका नागरिकका बालबालिकाले गाउँमै गुणस्तरीय शिक्षा लिन पाउनुपर्ने र स्थानीय स्तरमै व्यवसायिक फर्महरु संचालनमा ल्याएर स्वरोजगार बनाउनुपर्ने बरालले बताए ।
‘विकासको पहिलो आधार गुणस्तरीय शिक्षा हो । यो काम एमालेको अगुवाईमा सम्भव छ’, नेता बरालले भने-‘विदेशिने युवाहरुलाई गाउँमै रोकेर स्थानीयको आर्थिक अवस्था सुधार्न व्यवसायिक फार्महरु सुरु गर्नुपर्छ ।’
बहुदलीय जनवादको सिद्धान्तलाई अघि सारेर अन्यत्र रहेका आम मतदातालाई ढुक्कसंग एमालेमा ल्याउन र पार्टीको नीति सिद्धान्त प्रष्ट बनाएर कृयासिल बनाउन एमाले नेता कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रमलाई नेकपा एमाले बागमती प्रदेश कमिटिका अध्यक्ष कैलाश ढुंगेल, केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, नेकपा एमाले धादिङका अध्यक्ष भुमी त्रिपाठीसहित केन्द्रिय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी नेताहरुले सम्बोधन गरेका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar