नीलकण्ठ नगरपालिका क्षयरोग मुक्त बनाउने अभियानमा

नीलकण्ठ नगरपालिका क्षयरोग मुक्त बनाउने अभियानमा

  • Kandara Samachar

  • सोमवार, बैशाख ३१, २०८१

  • 109
    SHARES
नीलकण्ठ नगरपालिका क्षयरोग मुक्त बनाउने अभियानमा

नानु कार्की /धादिङ ।

सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाले क्षयरोग मुक्त स्थानीय तह बनाउने अभियानमा जुटेको छ ।
नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाले सबै वडामा अभिमुखिकरण गर्दै सरोकारवालाहरुसंग छलफलका कार्यक्रम आयोजना गरेको छ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले महामारीको पमा रहेको क्षयरोग मुक्त पालिका बनाउने राष्ट्रिय लक्ष पुरा गर्न लागि परेको जानकारी दिनुभएको छ ।
नेपालका केही समय अघि गरिएको एक सर्वेक्षणमा ६९ हजार क्षयरोगी भएको अनुमान गरिएकोमा धादिङमा ६ सयको हाराहारीमा क्षयरोगि भएको बताइएको छ । अहिलेसम्मा जिल्लामा ३सय जना क्षयराेग पत्ता लागेपछि स्वास्थ्य कर्मीकाे निगरानीमा अाैषधी खाने गरेका छन् ।

राष्ट्रिय लक्ष पुरा गरि क्षयरोग मुक्त स्थानीइ तहबनाउन धादिङको नीलकण्ठ नगरपालिकामात्र यस वर्ष कार्यक्रम लागु भएकोले नीलकण्ठ नगरपालिकामा क्षयरोगीका १ सय ३५ विरामी भएको अनुमान गरिएको छ । हालसम्म ५८ जना पत्ता लागेर उपचार भइरहेकोले बाँकी विरामी खोजी गरि उपचारको प्रकृयामा ल्याएर क्षयरोगीको संख्या सुन्य बनाउनु पर्ने कार्यक्रममा जानकारी लिदइएको छ । नीलकण्ठ नगरपालिकाको १४ वडामा रहेको स्वास्थ्य संस्थामध्ये ४ स्थानमा क्षयरोग परिक्षण सुविधा भएकोले जचाँएर औषधी सेवन गर्न यस क्षेत्रका नागरिकलाई सार्वजनिक रुपमा आग्रह गरिएको छ ।
२ हप्ताभन्दा बढी समय खोकी लाग्ने, खकारमा रगत देखा पर्ने, स्याँस्याँ हुने, आदी लक्षण भएका जो कोहिले पनि क्षयरोग लुकाएर नराखी स्वास्थ्यकर्मीको सल्लाहमा उपचार गराउन जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख बिपु कुमार झाले अनुरोध गर्नुभएको छ ।
गरिबको रोग भन्ने गरिएको क्षयरोग लागेकालाई सरकारले निशुल्क औषधी, निशुल्क परिक्षण नीलकण्ठ नगरपालिकामा अभियानका लागि ६ जना नागरिकलाई थप सहयोग गर्नेखालको सहयोगको कार्यक्रम समेत रहेको छ । सरकारले क्षयरोग उपचारलाई जिरोकष्ट घोषणा गरेपछि यसलाई उन्मुलन गर्न सकिनेगरि कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar