नेकपा एमाले नीलकण्ठकाे अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

नेकपा एमाले नीलकण्ठकाे अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

  • Kandara Samachar

  • मङ्लबार, बैशाख २५, २०८१

  • 263
    SHARES
नेकपा एमाले नीलकण्ठकाे अध्यक्षमा काजी श्रेष्ठ निर्वाचित

धादिङ ।
नेकपा एमाले नीलकण्ठ नगर कमिटिको अध्यक्षमा काजी श्रेष्ठ सर्वसम्मत चयन निर्वाचित भएका छन् । मंगलबार सम्पन्न दोश्रो नगर अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

विद्यार्थी जीवनमा अनेरास्वयुको राजनीतिमा सकृय श्रेष्ठ युवा संघ धादिङको सचिव, हुँदै एमालेको पार्टी राजनीतिमा सकृय युवा नेता हन् । जिल्ला सदरमुकाम रहेको नगर कमिटिमा निर्वाचित श्रेष्ठले आगामी दिनमा सिंगो जिल्लालाई नै सहयोग पुग्नेगरी हरेक वडा र गाउँ टोलसम्म नमूना काम गरेर देखाउने बताएका छन् ।

सोमबारबाट सुरु भएको अधिवेशनले ५१ सदस्यीय कमिटिको उपाध्यक्षमा वेग बहादुर सुनार, सचिवमा राजाराम पाठक, उपसचिवमा सीता दुवाडी लम्साल र सुदिप अधिकारी निर्वाचित भएका छन् । त्यस्तै पाँच सदस्यीय लेखा समिति संयोजकमा सीता खनाल निर्वाचित भएकी छन् ।

अध्यक्ष पदका लागि सर्वसम्मत निर्वाचित श्रेष्ठ र निवर्तमान उपाध्यक्ष दयाराम लम्साल र उपाध्यक्षमा हाल निर्वाचित सुनार र उद्धव प्रसाद रिजालको उम्मेदवारी परेको थियो । जिल्ला कमिटिको नेतृत्वले अध्यक्ष र उपाध्यक्ष दुबै पदमा सर्वसम्मत गराएको हो । सचिवमा पाठकको एकल उम्मेदवारी परेपनि उपसचिवमा महिलातर्फ दुई जना र खुल्ला तर्फ तीन जनाको उम्मेदवारी परेको थियो । आन्तरिक छलफलपछि उपसचिव महिलातर्फ सीता दुवाडी लम्साल र उपसचिव खुल्लातर्फ सुदिप अधिकारी सर्वसम्मत भएका हुन् ।

नीलकण्ठ नगर कमिटिको सम्पन्न दोश्रो अधिवेशनले नवौं जिल्ला अधिवेशनदेखि धादिङमा एमालेभित्र दुई धार देखियो भन्ने आशंका चिरेर जिल्ला सदरमुकाम रहेको नगरसहित समग्र जिल्लामा नेकपा एमाले एकढिक्का छ भन्ने सन्देश दिएको एमाले नेताहरुले प्रतिकृया दिएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar