नीलकण्ठका सालिन नेता दयाराम लम्साललाई अध्यक्ष बनाउन कार्यकर्ताको जोड

नीलकण्ठका सालिन नेता दयाराम लम्साललाई अध्यक्ष बनाउन कार्यकर्ताको जोड

  • Kandara Samachar

  • आइतवार, बैशाख २३, २०८१

  • 505
    SHARES
नीलकण्ठका सालिन नेता दयाराम लम्साललाई अध्यक्ष बनाउन कार्यकर्ताको जोड

✍️ प्रविन रिजाल/धादिङ
लामो समयसम्म राजनितिक कार्यकर्ताको रुपमा परिचित नीलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी दयाराम लम्साललाई नेकपा एमाले नीलकण्ठ नगरपालिका कमिटीको अध्यक्ष बनाउन कार्यकर्ताहरुले जोड गरेका छन् ।
२०२८ सालमा तत्कालीन मुरलीभञ्ज्याङ गाविस वडा नम्बर ५ मा जन्मनुभएका दयाराम लम्साल २०४४ सालमा नीलकण्ठ माविमा अनेरास्ववियु पाँचौंको प्रारम्भिक कमिटिबाट विद्यार्थी राजनिति गर्दै तत्कालीन नेकपा मालेले संचालन गरेको पंचायत विरोधी आन्दोलनमा सहभागी हुनुभएको थियो ।
निरन्तर विद्यार्थी संगठन र पार्टीको आन्दोलनमा सहभागी भई जनता जनजिविकाको पक्षमा अहोरात्र खटिँदै २०५६ बैनेकपाशाखमा नेकपा एमालेको पार्टी संगठित सदस्यता पाउनुभयो ।
पार्टी सदस्यता पछि नेकपा एमाले वडा पार्टी कमिटि, क्षेत्री कमिटि र संघीयतापछि नीलकण्ठ नगर कमिटि उपाध्यक्षमा रहेर पार्टी काम गर्नुभएको छ । ३६ वर्ष अनेरास्ववियु हुँदै नेकपा एमालेको तर्फबाट जनताको सेवामा काम गर्नुभएका दयाराम लम्सल नीलकण्ठ नगरपालिका कमिटिको अध्यक्ष बनाउन स्थानीय कार्यकर्ताहरु लागि परेका हुन् ।
स्थानीइ सामुदायिक बन, स्थानीय विकास र राजनितिक रुपमा निरन्तर अविचलित भएर २०४६ को जानआन्दोलन र २०६२।६३ को जनआन्दोलनमा सहभागि भएर जनतका लागि योगदान गर्नुभएको छ ।
संगथठन निर्माण गर्दै शालिनतापूर्वक प्रस्तुत हुन सक्ने क्षमताका धनी लम्साल कार्यकर्ताले रुचाएका नेताको रुपमा स्थापित भएपछि पार्टीको नेतृत्व दिनुपर्छ भनेर लागि परेका छन् । स्पष्ट अवधारण, पार्टीप्रति सँधै बफादार रही जनताको विकास र प्रगतिका लागि पैरवी गरिरहनुहुने लम्साल आधारभुत वर्गाबाट संघर्ष गर्दै आएनु भएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar