सन्दर्भ ः सामुदायिक विद्यालय र शैक्षिक गुणस्तरको सवाल

सन्दर्भ ः सामुदायिक विद्यालय र शैक्षिक गुणस्तरको सवाल

  • Kandara Samachar

  • आइतवार, बैशाख ९, २०८१

  • 99
    SHARES
सन्दर्भ ः सामुदायिक विद्यालय र शैक्षिक गुणस्तरको सवाल


नेपालमा नीजि विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेकोछ । सरकारी तथ्यांक अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सिकाईस्तर कमजोर रहेको देखिएकोछ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्ने नाममा तीनै तहको सरकारले नीति तथा कार्यक्रम तर्जुमा गरेको हुन्छ । माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा सम्बन्धि अधिकार स्थानीय तहलाई भएकोले नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने अधिकार पनि स्थानीय तहलाई नै रहेको छ । जुन जुन तहको सरकारबाट नीति तथा कार्यक्रमहरु कार्यन्वयन भएता पनि विद्यालय तहमा शिक्षाको गुणस्तर बृद्धिमा खासै उपलब्धि भएको पाईंदैन ।
सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर हुनमा निम्न कारणहरु रहेका छन् ।
१. सामुदायिक विद्यालयमा पर्याप्त श्रोत साधनको अभाव हुनु ।
२. तालिम प्राप्त, तहगत र विषयगत शिक्षकको अभाव हुनु ।
३. विद्यालयमा शिक्षक तथा अन्य कर्मचारीहरुको दरबन्दीमा कमी हुनु ।
४. विद्यालयमा मातृ भाषामा शिक्षण सिकाईको व्यवस्था नहुनु ।
५. सामुदायिक विद्यालयको शिक्षा राज्यको प्राथमिकतामा नपर्नु ।
६. विद्यालयमा सुरक्षा व्यवस्था फितलो हुनु ।
७. अभिभावकहरुको आर्थिक अवस्था कमजोर हुनु ।
८. बस्ती र विद्यालयबीचको दूरीको सन्तुलन नमिल्नु ।
९. विद्यार्थीहरुको लागि यातायातको साधनको व्यवस्था नहुनु ।
१०. सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणमा फरक हुनु ।
११. शिक्षण पेशाप्रति युवाहरुको आकर्षण घट्नु ।
१२. व्यावसायिक, व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड नदिनु ।
१३. अभिभावकहरुमा शिक्षाको जनचेतनामा कमी हुनु ।
१४. शिक्षा क्षेत्र व्यवसायिकरण हुनु ।
१५. समय सापेक्ष प्रविधिको विकास र विस्तार नहुनु ।
१६. शिक्षा सम्बन्धि ऐन, कानुन र नीतिको उचित रुपमा कार्यान्वयन नहुनु ।
१७. हालसम्म संघीय शिक्षा ऐन नबन्नु ।
१८. हाल भईरहेको तीनै तहको सरकारको शिक्षा सम्बन्धि ऐन, कानुन र नीतिमा एकरुपमा नहुनु ।
१९. जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुले आफ्ना बालबालिकाहरु सामुदायिक विद्यालयमा नपढाउनु ।
२०. विद्यालयमा दलीयकरणको प्रभाव कायम हुनु ।
२१. समय सापेक्षा शिक्षा प्रणालीको विकास गर्न नसक्नु ।
२२. समयमा नै विद्यालयमा पाठ्यपुस्तक नपुग्नु ।
२३.. शिक्षक तथा कर्मचारीहरु पूर्ण रुपमा बफादार र जिम्मेवार नहुनु ।
२४. विद्यालयका शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासको अभाव हुनु ।
२५. पाठ्यक्रमले निदिष्ट गरेको उद्देश्य प्राप्तिको लागि प्रभावकारी शिक्षण सिकाई नहुनु ।
२६. शिक्षण सिकाई प्रक्रियामा पर्याप्त सिकाई सामग्रीको अभाव हुनु ।
२७. विद्यालयमा संचालित दिवा खाजा कार्यक्रम अपर्याप्तता तथा प्रभावकारी रुपमा संचालन नहुनु ।
२८. विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार (भवन, खेल मैदान लगायत) को कमी हुनु ।
२९. शिक्षण सिकाई प्रक्रियामा उचित रुपमा बालमैत्री शिक्षण सिकाई विधिको प्रयोग नहुनु ।
३०. सिकाई प्रक्रियामा समय सापेक्ष प्रविधिको उच्चतम प्रयोग नहुनु ।
३१. शिक्षण सिकाई प्रक्रियामा परम्परागत प्रणालीलाई कायमै राख्नु ।
३२. विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा अन्य सरोकारवालाहरु बालबालिकाको शैक्षिक गुणस्तरप्रति जिम्मेवार नहुनु ।
३३. विद्यालयको व्यवस्थापकीय पक्ष फितलो हुनु ।
३४. सम्बन्धित निकायहरुबाट प्रभावकारी रुपमा अनुगमन नहुनु ।
३५. विद्यालयमा बालमैत्री भौतिक संरचना (कक्षा कोठा, शौचालय, फर्निचर लगायत) को उचित व्यवस्थापन नहुनु ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निम्न कार्यहरु गर्न जरुरी देखिन्छ ।
१. विद्यालयमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुको आचार संहिता निर्माण तथा पालना गर्ने, गराउने ।
२. आवश्यकताको आधारमा विद्यालयको कक्षा घटुवा र अपग्रेड गरि शिक्षक तथा कर्मचारीहरुको व्यवस्थापन गर्ने ।
३. आवश्यकताको आधारमा विद्यालय मर्जरमा गई शिक्षक तथा कर्मचारीहरुको व्यवस्थापन गर्ने ।
४. विद्यालयमा पर्याप्त श्रोत साधनको व्यवस्थापन गर्ने ।
५. तालिम प्राप्त, तहगत र विषयगत शिक्षकको व्यवस्थापन गर्ने ।
६. विद्यालयमा आवश्यकताको आधारमा शिक्षक तथा अन्य कर्मचारीहरुको पूर्ति गर्ने ।
७. विद्यालयमा मातृ भाषामा शिक्षण सिकाईको व्यवस्था गर्ने ।
८. विद्यार्थीहरुको लागि यातायातको साधनको व्यवस्था गर्ने ।
९. व्यावसायिक, व्यवहारिक र जीवनपयोगी शिक्षामा जोड दिने ।
१०. अभिभावकहरुलाई शिक्षा सम्बन्धि सचेतनाको विकास गर्ने ।
११. शिक्षक अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरुको लागि अभिभावक शिक्षा सम्बन्धि गतिविधि संचालन गर्ने ।
१२. शिक्षा सम्बन्धि ऐन, कानुन र नीति आवश्यकताको आधारमा समय सापेक्ष संशोधन गर्दै जाने ।
१३. शिक्षा सम्बन्धि ऐन, कानुन र नीतिको उचित रुपमा कार्यान्वयन गर्ने ।
१४. जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीहरुका बालबालिकाहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउने व्यवस्था गर्ने ।
१५. विद्यालयलाई दलीयकरणको प्रभावबाट बाहिर राख्ने ।
१६. समयमा नै विद्यालयमा पाठ्यपुस्तक पु¥याउने वातारण तयार गर्ने ।
१७. आवश्यकतानुसार शिक्षक तथा कर्मचारीहरुको क्षमता विकासका गतिविधिहरु संचालन गर्ने ।
१८. शैक्षिक उद्देश्य प्राप्तिको लागि प्रभावकारी योजना तर्जुमा गरि कार्यान्वयन गर्ने, गराउने ।
१९. शिक्षण सिकाई प्रक्रियामा प्रर्याप्त सिकाई सामग्रीको व्यवस्था गर्ने ।
२०. विद्यालयमा संचालित दिवा खाजा कार्यक्रम पर्याप्त र प्रभावकारी रुपमा संचालन गर्ने ।
२१. पर्याप्त भौतिक पूर्वाधार (भवन, खेल मैदान लगायत) को व्यवस्थापन गर्ने ।
२२. अधिकतम रुपमा बालमैत्री शिक्षण सिकाई विधिको प्रयोग गर्ने ।
२३. शिक्षण सिकाई प्रक्रियामा समय सापेक्ष प्रविधि तथा प्रणालीको उचित विकास, विस्तार र प्रयोग गर्ने ।
२४. शिक्षक तथा कर्मचारीहरुको प्रोत्साहनको लागि विविध गतिविधिहरु संचालन गर्ने
२५. विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य सरोकारवालाहरुको लागि विद्यालय व्यवस्थापन सम्बन्धि क्षमता विकासका गतिविधि संचालन गर्ने ।
२६. सम्बन्धित निकायहरुबाट प्रभावकारी अनुगमन प्रणालीको विकास गर्ने ।
२७. बालमैत्री भौतिक संरचना (कक्षा कोठा, शौचालय, फर्निचर लगायत) को उचित व्यवस्थापन गर्ने ।

(लेखक ः सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल, बागमती प्रदेशका महासचिव हुनुहुन्छ ।)


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar