बेलायतमा गायिका आनी छोइङको कन्सर्ट हुने

बेलायतमा गायिका आनी छोइङको कन्सर्ट हुने

  • Kandara Samachar

  • बुधबार, चैत्र ७, २०८०

  • 101
    SHARES
बेलायतमा गायिका आनी छोइङको कन्सर्ट हुने

नेपालमा मानवसेवा आश्रमको सहयोगार्थ बेलायतमा गायिका आनी छोइङको कन्सर्ट आयोजना हुने भएको छ।

लण्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत् मानव सेवा आश्रम बेलायतले आगामी ५ मेमा गायिका आनीको सांगीतिक कन्सर्ट ‘इनर मेलोडी फर इनर पिस’ गर्न लागेको जानकारी गराइएको छ।

१५ सय दर्शक क्षमता रहेको बेलायतको एउटा प्रसिद्ध क्याम्बर्लीस्थित लेकसाइड कन्ट्री क्लबमा कार्यक्रम तय भएको आयोजकले बताएका छन्। कार्यक्रममा प्रवेश शुल्क ५० पाउण्ड र अनलाइनबाट ५२ पाउण्ड लाग्नेछ।

मानवसेवा आश्रम बेलायतका संयोजक सुनिलबाबु खड्काले आनीसँगै उनको ७ जना सम्मिलित वाद्यवादकहरूको टिम पनि नेपालबाट आउने बताए।

उनले नेपालमा  दुःखी, गरिब असहायहरूको सेवाका लागि र जोखिममा रहेका मानवहरूको उद्धारका लागि गर्न लागिएको पनि प्रष्ट पारेका थिए।

मानवसेवा आश्रम यूकेका सचिव यादव श्रेष्ठले विज्ञप्ति जारी गर्दै कन्सर्टबारे अवगत गराएका थिए।

श्रेष्ठले पवित्र उद्देश्यका लागि गर्न लागिएको कार्यक्रम सफल बनाइदिन सबैमा अनुरोध गरेका छन्। कार्यक्रममा सल्लाहकार शिवजी श्रेष्ठले कार्यक्रम प्रचारप्रसारका लागि मिडियाको अहम् भूमिका हुने जनाउँदै सहयोगको अपिल गरे।

आयोजक समितिकी सदस्य मन्जु भण्डारीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा सहसंयोजक समाजसेवी राजु आचार्य, जीवनबहादुर शाही, रमेश श्रेष्ठ, क्याट यूके अध्यक्ष कृष्ण तिवारी र पूर्व अध्यक्ष रितेश राज पाण्डे, आशिष श्रेष्ठ, गायक सन्दिप विश्वकर्मा लगायत सहभागी थिए।

उक्त अवसरमा मानवसेवा आश्रमले दशकयता गरेको सेवाबारे एक डकुमेन्ट्री समेत देखाइएको थियो।

Agni inner page
Ntc


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar