अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन

अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन

  • Kandara Samachar

  • शुक्रबार, साउन १९, २०८०

  • 233
    SHARES
अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन

– नानु कार्की
धादिङ । १९ साउन
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) धादिङले जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।
धादिङबेसीमा शुक्रबार जिल्ला एकता, भेला प्रशिक्षण एवं वैठकले सम्मेलन आयोजक समिति गठन गरेको हो ।
जिल्ला भेलाल अशोक आचार्य संयोजक र जोन तामाङ सहसंयोजक रहनेगरि १७ सदसिय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङका अध्यक्ष बद्री अधिकारीले जानकारी दिनुभयो ।
एकता भेलाको अखिल (क्रान्तिकारी) का केन्द्रीय सहसंयोजक एवं बागमति प्रदेश इन्चार्ज शिलु न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले विद्यार्थी आन्दोलन अब गतिका अगाडी बढाउने बताउँदै दलालहरुलाई बढार्ने उद्घोषण गर्नुभयो । हुनेखाने र हुँदाखानेहरूका लागि फरक फरक शिक्षाको अन्त्यका लागि आफुहरू बलिदान समेत गर्न पछि नपर्ने दृढता व्यक्त गर्नुभयो ।
पार्र्टीको तर्फबाट भेलालाई सम्बोधन गर्दै जिल्ला संयोजक बद्री अधिकारीले गणतन्त्र जनताका लागि नआएको बताउँदै वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने बताउनुभयो ।
भ्रष्टाचार गर्ने र जनतालाई ठग्नेहरूका अब दिनगन्ति सुरु भएको सन्देश दिँदै अधिकारीले धादिङको तिप्लिङ देखि तोप्लाङसम्मका जनतालाई बिद्रोहमा ल्याउन विद्यार्र्थीहरूले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
भेलामा संगठनका बागमति प्रदेश संयोजक उषाकिरण आजाद , संगठनका सचिवालय सदस्य एवं उपत्यका पश्चिम कमाण्डर विकल्प खत्री र पार्र्टी निलकण्ठ नगर प्रमुख समेत रहेका शक्तिमान लगायतको आतिथ्य रहेको थियो ।
दुई पार्र्टी नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) एकता भएपछि जनवर्गिय संगठनमा पनि एकता भेला र वैठक चलिरहेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar