मानव बेचविखन र हत्या घटनामा आरोपितलाई थुनामा राख्न आदेश

मानव बेचविखन र हत्या घटनामा आरोपितलाई थुनामा राख्न आदेश

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ २५, २०८०

  • 256
    SHARES
मानव बेचविखन र हत्या घटनामा आरोपितलाई थुनामा राख्न आदेश

-नानु कार्की
धादिङ/
गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा रहेको सानदार होटलमा खाजा खान गएका युवकको हत्या गरेकोर मानव बेचविखन तथा ओसार पसार आरोप गरेको आरोप लागेका तिनजनालाई जिल्ला अदालतको आदेशले पुरपक्षका लागि थुनामा पठाएको छ ।
जिल्ला अदालतमा तिन दिनसम्म बयान र थुनछेक बहसपछि जिल्ला अदालतका न्यायधिस गिता श्रेष्ठको इजलासले आरोपितहरुलाई थुनामाराख्न आदेश दिनुभएको हो ।
गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेमा होटल संचालन गर्नुभएका सरस्वती पनेरु पंडितलाई दुईओटा मानव बेचविखन तथा ओसारपार सम्बन्धी मुद्दामा पुरपक्षका लागि कारागारमा राख्न आदेश गरिएको जिल्ला अदालतका स्रेस्तेदार खुम भण्डारीले जानकारी दिनुभयो ।
यसैगरि गल्छी गाउँपालिका वडा नम्बर ८ कटलपौवाका विनोद थापा मगरको हत्यामा संलग्न भएको आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ का निरज पंडित, उनकी आमा सानदार होटलकी संचालक सरस्वती पनेरु पंडित र टेलिकमका इन्जिनियर पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ का किरन रानालाई जिल्ला अदालतका न्यायधिस श्रेष्ठको आदेशले पुरपक्षका लागि थुनामापठाइएको हो ।
आरोपित सरस्वती पनेरु पंडितले संचालन गरेको सानदार होटलमा मानव बेचविखन, बेश्यावृत्ति र ओसार पसाका गतिविधि भएको भन्दै स्थानीय बासीले होटलमा हत्याकाण्ड भएपछि आरोप लगाएका थिए । हत्या घटनापछि सानदार होटलको सवारी साधन कार, होटल भवन र कपडा तथा भाडाकुँडा समेत स्थानीयबासीले आगजनी गर्दैनष्ट गरेका थिए ।
आरोपितहरुले बैशाख २७ गतेराती हत्या गरिएको थापामगरको २८ गते काठमाण्डौस्थित शिक्षण अस्पतालमा पोष्ठमार्टम गरिएको थियो। आरोपितहरु विरद्ध इलाका प्रहरी कार्यालय गजुरीमा पीडित पक्षले बैशाख २८ गते उजुरी दर्ता गराएको थियो ।
–––


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar