युवाको हत्या आरोप लागेका पण्डितलाई मानव बेचबिखन विरुद्ध समेत मुद्दा दर्ता

युवाको हत्या आरोप लागेका पण्डितलाई मानव बेचबिखन विरुद्ध समेत मुद्दा दर्ता

  • Kandara Samachar

  • शनिबार, बैशाख ३०, २०८०

  • 237
    SHARES
युवाको हत्या आरोप लागेका पण्डितलाई मानव बेचबिखन विरुद्ध समेत मुद्दा दर्ता

छोरा र अर्का एक जना सहयोगीको सहयोगमा एक युवाको हत्या आरोप लागेका गल्छी गाउँपालिका वडा नम्बर ८ की ४७ वर्षीया सरस्वति पनेरु  भएको छ ।

बुधबार गल्छी गाउँपालिका वडा नम्बर ८ निबुवाबोटेको सानदार होटलमा एक जना ग्राहकमाथि छुरा प्रहार गरिहत्या गरिएको थियो। छुरा हानेर गल्छी गाउँ पालिका ८ का विनाेद थापामगरकाे हत्या भएकाे थियाे ।

 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले सरस्वतीसहित उनका छोरा नीरज पण्डित, हत्यामा सहयोग गरेका पाल्पा जिल्ला तानसेन नगरपालिका वडा नम्बर १४ घरभइ गल्छी गाउँपालिका वडा नम्बर ८ निवासी ३० वर्षीय किरन रानालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

सानदार होटलमा वेश्यावृत्ति र मानव बेचबिखन गर्ने गरेको उजुरीको अदाधारमा सरस्वतीलाई मानव बेचबिखन तथा ओसार पसार मुघा समेत दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी उल्लेख गरेको छ।

केटीहरुलाई डर त्रास र प्रलोभनमा पारी वेश्यावृत्ति गरेकोले थप मुद्दा पीडितहरूको उजुरीको आधारमा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

स्थानीयवासीले पटक पटक प्रहरी कार्यालयमा उजुरी गर्ने गरे पनि होटलमा भएको गतिविधि बन्द भएको थिएन । मिश्रले आफूले सूचनापाएपछि स्थानीयवासीको गुनासो समेत ध्यानमा राखेर जघन्य अपराध गर्नेहरुलाई मुद्दा चलाइएको बताउनुभयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar