गल्छी गाउँपालिकाद्वारा५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु

गल्छी गाउँपालिकाद्वारा५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु

  • Kandara Samachar

  • बुधबार, बैशाख २७, २०८०

  • 217
    SHARES
गल्छी गाउँपालिकाद्वारा५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु

धादिङ/ २७बैशाख

कृषिलाईआधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि गल्छीगाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । ५० प्रतिशतअनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिकटिकाराम अतिवडाले जानकारी दिनुभयो । किसानले १३ हजार९ सय तिरेर अनुदानमा पाएका ७ हर्जपावरका पेट्रोलबाट चल्ने मिनिटिलर  वडा नम्बर ८ मा ११२ जनालाई, वडा नम्बर ७मा  ४ जनालाई, वडा नम्बर १ मा ३ जनालाई,वडा नम्बर ५ मा  १६ जनालाई वितरण गरिएकोछ । यसैगरि किसानले२४ हजार २ सय ५० तिरेरडिजेल इन्जीन ७ हर्जपावर क्षमताको वडा नम्बर ४ मा ९जनालाईर वडा नम्बर ८ मा १ जनालाई वितरण गरिएको थियो । गाउँपालिकालेइबिडिङ मार्फत टेण्डर आब्हान गरेपछि ठेकेदार कम्पनीले पालिकामा सामाग्री उपलब्धगराएपछि किसानहरुलाई वितरण सुरु गरेको हो । गाउँपालिकाले ७हर्जपावरका १ सय २८ डिजल इन्जिन मिनिटिलर वितरण गर्ने छ ।  किसानले १घ हजार ५ सय तिरेर १ सय २५ थान कम्बाइन्डमिल,  ६ हजारतिरेर १५ थान मकै छोडाउनेमेसिन, ब्रस कटरः८किसानले ४ हजार ४सय ७ रुपैयाँ तिरेर १२ थान डिजिटल तराजु, किसानले ६ हजार तिरेर २ थान फुटस्प्रेयर, २ हजार तिरेर ४ थान मकै रोप्ने मेसिन र २४ हजारतिरेर ११ थान कोदो चुट्नेमेसिन वितरण गर्ने योजना रहेको खतिवडाले जानकारी दिनुभयो । पालिकाले ५०प्रतिशत व्यहोरेपछि किसानले ५० प्रतिशत रकम बुझाएरसामाग्री लगेका हुन् । कृषि औजारवितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी लगायतकोसहभागिता रहेको थियो । कृषिलाईआधुनिकिीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गरि जनताको आम्दानी बढाउन कृषियन्त्रहरुमागको आधारमा वितरण गरिएको गाउँपालिका अध्यक्ष खतिवडाले बताउनुभयो ।
–––


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar