चारजना वरिष्ठ सर्जकहरु सम्मानित

चारजना वरिष्ठ सर्जकहरु सम्मानित

  • Kandara Samachar

  • सोमवार, बैशाख २५, २०८०

  • 189
    SHARES
चारजना वरिष्ठ सर्जकहरु सम्मानित

धादिङ/ २५ बैशाख
धादिङका चार जना वरिष्ठ सर्जकहरुलाई नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको छ ।
प्रतिष्ठानले स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहको आयोजना गरि २०७८ सालको मदन पुरस्कार विजेता “अग्नि” महाकाव्यकार डाक्टर नवराज लम्साल, नेपाली कानुनका किताब लेखक ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र संगितकर्मी रिता थापा मगरलाई सम्मान गरेको हो ।
प्राध्यापक डाक्टर रामचन्द्र लम्सालले भाषाविदकाे रुपमा रहेरभाषा साहित्यकाे समालाेचना , एकदर्जन शएक दर्जन पुस्तक प्रकाशन गर्नुभएकाे छ ।
विधिसास्त्री न्यायकर्मी तथा सस्कृतिकर्मी ज्ञईन्द्रबहादुर श्रेष्ठ धादिङ सुनाैलाबजारमा जन्मेर न्यासम्बन्धि पुस्तक प्रकाशन गरि याेगदान गर्नुभएकाे छ । उहाँले ४१ पुस्तक लेखेर याेगदान गर्नुभएकाे छ ।
४ काव्य, ३ कविता संग्रह, २ गित संग्रह, दर्जनाैँ पुरस्कार पाउनुभएका नवराज लम्साल पत्रकार पनि हुनुहुन्छ ।
लाेकगायीका, लाेकसंस्कृति संरक्षणमा लाग्नुभएका रिता थापा१६ भन्दाबढी गित एलबम प्रकाशन गर्नुभएकाे थियाे ।
कार्यक्रमकै अवसरमा प्रतियोगितात्मक कार्यक्रमहरुका विजयी विद्यार्थीहरुलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको छ । कक्षा ६ र ७ स्तरीय चित्रकला प्रतियोगितामा बालमन्दिर विद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा जस्मिन तिरुवा प्रथम, न्यू धादिङ बोर्डिङ स्कुलको कक्षा ६ की सामाना वाईवा द्धितीय, एड्भान्स एकेडेमी कक्षा ७ का संगम लम्साल तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ६ का रकिन हमाल सानत्वना भएका छन् ।
यस्तै कक्षा ८ देखि १० सम्मको कविता प्रतियोगितामा एडभान्स एकेडेमीको कक्षा ९ की छात्रा एलिना बानिया प्रथम, पुशपति मध्यामिक विद्यालयको कक्षा ९ की छात्रा कमला घिमिरे द्धितीय, शांदेवी माध्यामिक विद्यालयको कक्ष १० की छात्रा समीक्षा गुरुङ तृतीय र चिल्ड्रेनपार्क माध्यामिक विद्यालय कक्षा ८ की उपासना लम्साल सानत्वना हुनुभएको छ ।
यसैगरी कक्षा ११ र १२ स्तरीय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठ माध्यामिक विद्यालयको कक्षा १२ का छात्रा शर्मिला श्रेष्ठ प्रथम, साङकोष माध्यामिक विद्यालयका छात्र सुनिल विक द्धितीय, पशुपति माध्यामिक विद्यालयका सन्दिप परियार तृतीय र बालमन्दिर माध्यामिक विद्यालयका शर्मिला गुभाजु सानत्वना हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले साहित्यकार हाम्रो गहना र ईतिहास भएको हुनाले यसलाई सबैले संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नगरपालिकाले पनि साहत्यीक क्षेत्रलाई विशेष प्राथमिकताका साथ लिएको बताउनुभयो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, सङगीत, कला,संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको आवश्यक संरक्षण, संवद्र्धन र उन्नयन गर्ने उद्धेश्यले स्थापना गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष वद्री दहालले बताउनुभएको छ ।
कार्यक्रममा सोरठी प्रस्तुती तथा कुमाल संस्कृति माथि परिचर्चा, लोकदोहोरी कलाकारहरुको विशेष प्रस्तुती रहेको थियो । साथै कार्यक्रमको बीच कला र साहित्यको विषयमा वरिष्ठ साहित्यकार डा. नवराज लम्साल र रमेश अधिकारी बीच छलफल तथा अन्तरक्रिया गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar