सूर्यज्याेती लाइफ इन्स्योरेन्सकाे १८औँ वार्षिकाेत्सवमा शुभकामना आदानप्रदान

सूर्यज्याेती लाइफ इन्स्योरेन्सकाे १८औँ वार्षिकाेत्सवमा शुभकामना आदानप्रदान

  • Kandara Samachar

  • शुक्रबार, बैशाख ११, २०८३

  • 33
    SHARES
सूर्यज्याेती लाइफ इन्स्योरेन्सकाे १८औँ वार्षिकाेत्सवमा शुभकामना आदानप्रदान

धादिङ

सूर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को १८औँ वार्षिक उत्सवका अवसरमा धादिङ शाखाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी उत्साहका साथ मनाएको छ ।

शाखाद्वारा आयोजित कार्यक्रममा कम्पनीप्रति विश्वास राख्ने सेवाग्राही, अभिकर्ता तथा सरोकारवालाहरूसँग खुसी साटासाट गर्दै वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा शाखा प्रमुख जीवन सिलवालले कम्पनीको समग्र उपलब्धि र सेवाबारे जानकारी गराउँदै हालसम्म ३६ लाख ५१ हजार ७०१ वटा बीमा पोलिसी जारी भइसकेको बताए । त्यस्तै कम्पनीले १७ प्रकारका बीमा योजना सञ्चालनमा ल्याएको र ३५ प्रकारका घातक रोगसम्बन्धी उपचार सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिए ।

उनका अनुसार कम्पनीसँग देशभर १ लाख ७ हजार ७०९ भन्दा बढी अभिकर्ता आवद्ध रहेका छन्, जसले बीमा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

कम्पनीको आर्थिक तथा संस्थागत अवस्थाबारे जानकारी दिँदै उनले हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको, कुल लगानी ५१ अर्ब २० करोड रुपैयाँ पुगेको तथा जीवन बीमा कोष ४६ अर्ब १७ करोड रुपैयाँ रहेको उल्लेख गरे । साथै कम्पनीले देशभर १७६ शाखामार्फत सेवा प्रदान गर्दै आएको जानकारी पनि दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारीले विमाकाे सेवा नागरिकसम्म पुर्याएर विमाबारे सचेतना समेत अभिवृद्धि गरेकाेमा सूर्यज्याेती लाइफ इन्स्योरेन्सलाई बधाई र वार्षिकोत्सबकाे शुभकामना दिनुभयाे ।

कार्यक्रममा सहभागीहरूले बीमाप्रति जनचेतना अभिवृद्धि गर्दै अझ प्रभावकारी सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । साथै आगामी दिनमा पनि सेवाग्राहीमैत्री योजना र प्रविधिमैत्री सेवा मार्फत कम्पनीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar