बिल नदिने धादिङबेसीका ८ फर्म तथा व्यवसायलाई जरिवाना

बिल नदिने धादिङबेसीका ८ फर्म तथा व्यवसायलाई जरिवाना

  • Kandara Samachar

  • बुधबार, बैशाख २४, २०८२

  • 229
    SHARES
बिल नदिने धादिङबेसीका   ८ फर्म तथा व्यवसायलाई जरिवाना


धादिङ ।
करदाता सेवा कार्यालय गल्छीले धादिङले बिल विजक नराखेको, विलबिजक नदिएको र कारोबार विवरण नराखेको आरोपमा ८ ओटा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का  फर्म तथा व्यवसायलाई जरिवाना गरेको छ ।
जिल्ला अनुगमन समितिसंग अनुगमनमा सहभागि करदाता सेवा कार्यालय गल्छीको टोलीले बिलविजक नराखेको, बिल विजक नदिएको, कारोबारको विवरण नाखेको भन्दै ८ ओटा फर्म तथा व्यवसायलाई २४ हजार रुपैयाँ जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिनुभएको छ ।
अनुगमनमा जिल्ला अनगमन समिति संयोजक सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने करदाता सेवा कार्यालय गल्छीका प्रमुख लक्ष्मी खड्का लगायतको टोली सहभागि थियो ।
अनुगमनलाई प्रभावकारी बनाउनका लागि जिल्ला अनुगमन टोलीले ७ ओटा होटल र खाजाघर, ८ किराना तथा खाद्यान्न पसल, २ फार्मेसी, १ हार्डवयर, १ मासुपसल, २ फलफुल पसल र अन्य ६ गरि २७ ओटा पसल अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा १६ हजार ४ सय ५५ बराबरको म्याद सकिएका अखाद्य बस्तु तथा अन्य सामाग्री जफत गरि नष्ट गरिएको जिल्ला अनुगमन समितिका सदस्य सचिव चुडामणि पुरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar