मिलिजुली सहकारीकाे विस्तारित मञ्चबाट पीडित राहत काेष बनाउने प्रस्ताव

मिलिजुली सहकारीकाे विस्तारित मञ्चबाट पीडित राहत काेष बनाउने प्रस्ताव

  • Kandara Samachar

  • शुक्रबार, फाल्गुन १६, २०८१

  • 213
    SHARES
मिलिजुली सहकारीकाे विस्तारित मञ्चबाट पीडित राहत काेष बनाउने प्रस्ताव

नानु कार्की /धादिङ

मिलीजुुलीसहकारीको १७ औं स्थापना दिवसकाे अवसरमा विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ।
विस्तारित मञ्चले पीडित राहतकाेष संचालन गर्ने प्रस्ताव पारित गरेकाे छ ।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११, बालुवाफाँटमा रहेको मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लि.ले एक कार्यक्रमको आयोजना गरि आफ्नो १७ औं स्थापना दिवस मनाएको हो। सहकारीको अध्यक्ष उर्मिला रेग्मी अध्यक्षतामा भएको बिस्तारित मञ्चमा समसामयिक सहकारीका प्रस्तावहरू पारित गरिएकाे छ ।
कार्यक्रममा केहि दिन अघि भएको ३ दिने अचार बनाउने तालिममा सहभागी हरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै सहकारीकोका बारेमा जानकारी गराइएको थियो।
सहकारीका पुर्वअध्यक्ष सुशिला सुबेदीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्व वडा अध्यक्ष रबि प्रकास ओझा , वडा नम्बर ६ का पुर्व वडाअध्यक्ष पूर्ण बहादुर कार्की , सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती , शिक्षाबिद कृष्ण प्रसाद अर्याल , प्रशिक्षक रजनी लामा लगायत सहकारी सस्था समुहका प्रतिनिधिहरु लगायतको सहभागी रहेको थियो।
विस्तारित मञ्च वैठकले प्रत्येक सहकारि सदस्य हरूलाई सहकारि शिक्षा दिने, पीडित राहत काेष संचालन गर्ने प्रस्तावहरु पारित गरेकाे सहकारीका व्यवस्थापक शान्ति आचार्यले जानकारी दिनुभयाे


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar