धादिङ ।
साना किसान कृषि सहकारीकाे छाता संगठनकाे रुपमा रहेकाे साना किसान कृषि सहकारी संघ धादिङको अध्यक्षमा अप्सरा अधिकारी निर्वाचित हुनु भएको छ । धादिङबेसीमा सम्पन्न भएको संघको २४ औं वार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट अधिकारीको अध्यक्षतामा १५ सदस्यिय संचालक समिति निर्वाचित गरेकाे छ ।
अधिबेशनले उपाध्यक्षमा रमेश खतिवडा, सचिबमा मथुरा तामाङ र सदस्यहरुमा टिका प्रसाद थपलिया ,कमल बहादुर गुरूङ, ध्रुबराज बिश्वकर्मा, छविन्द्र नारायण श्रेष्ठ , नारायण खड्का, बद्री प्रसाद अधिकारी, रन्जना पाठक, मिना तामाङ ,राम कुमार श्रेष्ठ , चक्र बहादुर लम्साल, कृष्णप्रसाद दाहाल र दुर्गा दुवाडी निर्वाचित गरेकाे छ ।
यसै गरि अधिबेशनबाट लेखा सुपरिबेक्षण समितिको संयोजकमा पुरूषोतम न्यौपाने र सदस्यहरुमा अनु राना मगर र जगदिश अधिकारी निर्वाचित भएका छन ।