नीलकण्ठका ५० सहकारीलाई क्षमता विकास तालिम

नीलकण्ठका ५० सहकारीलाई क्षमता विकास तालिम

  • Kandara Samachar

  • आइतवार, मंसिर ९, २०८१

  • 71
    SHARES
नीलकण्ठका ५० सहकारीलाई क्षमता विकास तालिम

धादिङ ।

नीलकण्ठ नगरपालिकाले पालिका भित्र कार्यक्षेत्र भएका ५० सहकारीका पदाधिकारीका लागि क्षमता विकास तालिम दिएको छ ।
सहकारीको आधारभुत ज्ञान र यसले गर्नुपर्ने कामबारे यसका विज्ञले २ दिने तालिम दिनुभएको नीलकण्ठ नगरपालिका सामाजिक विकाश अधिकृत उर्मिला थपलियाले जानकारी दिनुभयो ।
सहकारीका पदाधिकारीका लागि क्षमता विकास तालिम समापनको अबसरमा प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले नागरिकको जिवनको सकारात्मक परिवर्तन गर्न सहकारीले सक्ने भएकोले सहको क्षमता विकास र व्यवस्थापनमा नगरपालिकाले सहयोग गरेको बताउनुभएको छ ।
नागरिकको वृहत्तर हित हुने किसिमको काम गर्न सहकारीसंस्थाहरुलाई आग्रह गर्दै धादिङको स्वर्णिम मिट मार्टले उदाहरण देखाएको उपप्रमुख विश्वकर्माले बताउनुभयो । जनताको जिवनमा जोडिएर काम गर्न र विकास र समृद्धिका लागि कार्यक्रmम गर्नुपर्ने विश्वकर्माको भनाइ थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar