छतमा ड्रागनफ्रुट खेतीगरेर उदाहरण बने अगुवा कृषक शिव भणडारी

छतमा ड्रागनफ्रुट खेतीगरेर उदाहरण बने अगुवा कृषक शिव भणडारी

  • सुदिप अधिकारी

  • शुक्रबार, कार्तिक ३०, २०८१

  • 122
    SHARES
छतमा ड्रागनफ्रुट खेतीगरेर उदाहरण बने अगुवा कृषक शिव भणडारी

धादिङ ।

खाली भएकाे छतमा पनि व्यवसायिक रुपमा ड्रागनफ्रुट खेती गर्न सकिने उदाहरण बन्नुभएकाे छ धादिङका अगुवा किसानकाे पहिचान बनाउनुभएका शिव भण्डारी ।
मानिसले गर्न चाहेभने जे पनि गर्न सकिन्छ भन्ने उदाहरण गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदोभानका शिव भण्डारीले उदाहरण देखाइदिएका छन् । विगतमा साना किसानहरु भेला गेर संगठित गर्दै सहकारी बनाउन योगदान गर्नुभएका शिव भण्डारीको महेशदोभानमा रहेको सानो घरको छतमा गत वर्षदेखि मजाले ड्रागनफ्रुट फल्न थालेको छ ।
फालिएका भाडा, ससाना बाल्टी, विग्रिीएका पानी राख्ने भाँडा आदी प्रयोग गरेर ५० ओटा भाँडामा राखिएका ड्रागनफ्रुट फस्टाएको छ । यसले चाहिने मल र खानेकुरा दिन सकेभने साना भाडाँमा समेत छतमा राखेर फलाउन सकिनेभएकोले यसलाई आफूले साथीको रुपमा फलाउन सफल भएको भण्डारीले बताउनुभयो ।
केहीवर्ष अघि नवलपरासीबाट ३ ओटा विरुवा ल्याएर सुरु गर्नुभएको छतमा ड्रागनफूट खेतीले अहिले उदाहरणको रुप लिएपछि स्थानीय र जिल्ला बाहिरबाट समेत हेर्न आउने गरेका छन् ।
पृथ्वीराजमार्गको छेउमा भएकोले सवारी साधन रोकिएको समयमा समेत मानिसहरु आएर हेर्ने र खेतीगर्ने तरिका सोधखोज गर्ने गरेको पाइन्छ । कयोँ सवारी साधनचालकले समेत यस क्षेत्रमा झर्ने मानिसलाई समेत ड्रागनफ्रुट खेती गर्ने मानिसको घरको बारेमा सोधखोज गर्ने गरेको पाइन्छ ।
स्वास्थ्यका लागि राम्रो मानिएको ड्रागनफ्रुट विक्रिका लागि बजार समेत सजिलै पाइने भएपछि धेरैले चाहना भएपछि खेती गरेर आम्दानी लिन सकिने भण्डारीले बताउनुभयो ।
गत वर्ष थोरै फलेको ड्रागनफ्रुट यस वर्षको सिजनमा भण्डारीले ११ हजारको विक्रि गरेको जानकारी दिनुभयो । ड्रागनफ्रुट विक्रिका लागि बजार समेत सजिलै पाइने गरेको छ ।
ड्रागनफ्रुट तातो र घाम चाहिन्छ । सुख्खा भएपनि निरन्तर थोरै थोरै पानी दिइरहनु पर्छ माटोमा विरुवाहरुलाई चाहिने पोषकतत्व भएपछि फल्नेर राम्रो फल दिने गरेको जानकारी लिएर आफूले खेती गरिरहेको भडारीले बताउनुभएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar