धादिङ । गल्छी गाउँपालिका–३ मा बाल विवाह अन्त्य गर्ने उद्देश्यसहित बाल विवाह विरुद्ध सचेतनामूलक र्याली सम्पन्न गरिएको छ। मिलनसार वडा बाल समूह सञ्जालको आयोजनामा बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यक्रम अन्तर्गत बालबालिकाको सर्वाङ्गीण विकास तथा बालमैत्री स्थानीय शासन सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम...
– विषम श्रेष्ठ/धादिङ (गल्छी) गल्छी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १ सय २९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १५औँ गाउँसभाको अधिवेशनबाट नीति, कार्यक्रम तथा बजेट पारित गरिएको हो। गाउँपालिकाका उपाध्यक्ष भाइकाजी...
धादिङ । स्थानीय सरकार गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँसभाको १५औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले प्रस्तुत गरेको कार्यक्रममा “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न “विकास सम्भव छ हाम्रै...
धादिङ । गल्छी गाउँपालिकाका विभिन्न खानेपानी स्रोतहरूको गुणस्तर परीक्षणमा अधिकांश स्थानमा फिकल कोलिफर्म (E.coli) जीवाणु फेला परेपछि सतर्कता अपनाउन आग्रह गरिएकाे छ । मानिसले पिउने पानीकाे श्राेतमा काेलिफर्म भेटिनु भनेकाे मानिसलाई झाडापखाला गराउने जिवाणु अर्थात दिसाकाे माता भेटिनु हाे । गाउँपालिकाले सार्वजनिक...
धादिङ । नेपाल प्रहरी प्रधान कार्यालयको कार्यसम्पादन मासिक मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ पुनः प्रथम भएको छ। प्रहरी उपरीक्षकको नेतृत्वमा रहेका देशभरका १५ पहाडी जिल्लामध्ये जेठ महिनाको कार्यसम्पादन मूल्याङ्कनमा धादिङ उत्कृष्ट बनेको हो। यसअघि पनि धादिङ प्रहरीले वैशाख महिनाको मूल्याङ्कनमा...
धादिङ – मकवानपुरमा चोरी घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका एक व्यक्ति यसअघि डाँका चोरी मुद्दामा सजाय भोगिरहेका बेला जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको खुलेपछि अपराधको पुनरावृत्ति र कानुनी दण्डको प्रभावकारितामाथि फेरि प्रश्न उठेको छ। मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठस्थित बुद्धराम...
धादिङ । स्वास्थ्य, सरसफाई र खानेपानीलाई मुख्य प्राथमिकतामा राख्दै ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५७ करोड ९० लाख ५२ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभा तथा अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र...
धादिङ । स्वच्छ वातावरण निर्माण तथा समाजमा वातावरणीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपाल तमु गुरुङ विद्यार्थी छोंज धिं जिल्ला कार्य समिति धादिङको आयोजनामा शनिबार नीलकण्ठ नगरपालिका वडा नम्बर ९ सल्लाघारी पार्कमा विशेष सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। गुरुङ विद्यार्थी, तमुस्यो,...
धादिङ, धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई पहिचान र बजारसँग जोड्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले यस वर्ष स्थानीय मदिरा र गुन्द्रुकको ब्रान्डिङदेखि होमस्टे प्रवर्द्धनसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखेके छ । बिहीबार सम्पन्न...
© copyright 2026 and all right reserved to Kandara Samachar