धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको आगामी अध्यक्षका लागि अमेरिकामा बस्दै आएका सामाजिक अभियन्ता बद्री खतिवडाले उम्मेदवारी दिने तयारी गर्नुभएको छ। समाजको चौथो अधिवेशन आगामी असोज ३१ गते (अक्टोबर १७) धादिङमा हुने तय भएपछि नयाँ नेतृत्वका लागि आकांक्षीहरू अगाडि आउन थालेका...
धादिङ । शान्ति नेपालद्वारा सञ्चालित सामुदायिक रूपान्तरणका लागि पूर्ण सरसफाइ परियोजनाअन्तर्गत धादिङमा खानेपानी तथा सरसफाइ आयोजना मर्मत सम्भार तथा व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सुरु भएको छ। त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकामा शान्ति नेपालमार्फत सञ्चालन हुने १९ वटा खानेपानी आयोजना तथा संस्थागत खानेपानी, सरसफाइ...
धादिङ । नेपाली कांग्रेस नीलकण्ठ नगरपालिका को १५औँ नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट पदमप्रसाद पोखरेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरिएको छ। अधिवेशन नेपाली कांग्रेसका जिल्ला संयोजक गोपाल विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेशका साम्सद गोविन्द लम्साल, नेपाली...
धादिङ । भोटेकोसी बाढीमा बाबुआमा दुवै गुमाएका नीलकण्ठ नगरपालिका–१२ का दुई बालकलाई सितल छहारी नेपालले छात्रवृत्ति रकम उपलब्ध गराएको छ। नीलकण्ठ नगरपालिका–३ स्थित किबो बोर्डिङ स्कुलमा सोमबार आयोजित कार्यक्रममा कक्षा ४ मा अध्ययनरत आर्जन लम्साल र कक्षा ८ का प्रतिक लम्साललाई...
धादिङ । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेनीघाट रोराङ गाउँपालिका–५ की प्रमिला श्रेष्ठको परिवारबाट कमाउने हात खोस्यो। सवारी चालक श्रीमान् अरुण कँडेल बाढीपछि सम्पर्कविहीन छन्। उनको अवस्था अझै अज्ञात छ। अरुण सवारी चलाउने कामका लागि बाढी आउनुअघि...
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा राजन बुर्लाकोटी निर्वाचित हुनुभएको छ। बुर्लाकोटीले १ हजार ४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नवराज तिमल्सिनाले ५ सय ४७ मत प्राप्त...
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा कुमारबहादुर सिंखडा सर्वसम्मत निर्वाचित हुनुभएको छ। दुई दिनअघिदेखि सुरु भएको क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया गजुरीमा सञ्चालन भइरहेको छ। क्षेत्र नं. १ मा १ हजार २४८ जना प्रतिनिधि...
✍️ सीताराम अधिकारी/धादिङ । धादिङबेँसीस्थित राष्ट्रिय वाणिज्य बैंकको काखमा सिमेन्टको चिसो भुइँमाथि केही गोलो धागो, छालाका टुक्रा, छाला काट्ने धारिलो हतियार, २०–३० जोर जुत्ताका तलुवा र अलिकति गम देखिन्छ। त्यहीँ बसेर हातमा सियो चलाइरहेका हुन्छन् ८८ वर्षीय सुकदेव नेपाली। उमेरले बुढ्यौली...
धादिङ । त्रिशूली बाढीबाट प्रभावित धादिङका नागरिकको खानेपानी, सरसफाइ, स्वास्थ्य तथा संरक्षणसम्बन्धी समस्या समाधान गर्न एकीकृत सहयोग कार्यक्रम सुरु गरिएको छ। इज्रा एडको र सहयात्री समाज नेपालको साझेदारीमा गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा ‘भोटेकोसी बाढी आपतकालीन प्रतिक्रिया धादिङ नेपाल’ अन्तर्गत...
© copyright 2026 and all right reserved to Kandara Samachar