धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
दुर्घटनामा बोलेरोमा सवार १० जनामध्ये रुबीभ्याली गाउँपालिका–४ बस्ने अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
घाइतेहरूलाई नेपाल प्रहरी र स्थानीयवासीको सहकार्यमा उद्धार गरिएको हो।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरमार्फत ६ जनालाई काठमाडौं पठाइएकाे छ ।