धादिङ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट सभापतिमा राजन बुर्लाकोटी निर्वाचित हुनुभएको छ। बुर्लाकोटीले १ हजार ४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नवराज तिमल्सिनाले ५ सय ४७ मत प्राप्त गर्नुभयो।
क्षेत्रीय कार्यसमितिको सचिवमा सरोज पाण्डे निर्वाचित हुनुभएको छ। पाण्डेले ९ सय ५३ मत प्राप्त गर्नुभयो। सचिव पदका उम्मेदवार पदम गोलेले ३ सय ७७ र नारायण सिलवालले १ सय ६५ मत प्राप्त गर्नुभयो।
सहसचिव खुलातर्फ नवीन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ। श्रेष्ठले ७ सय ९३ मत प्राप्त गर्नुभयो। उहाँका प्रतिस्पर्धी बैलामा तामाङले ३ सय ४१ र सागर कुमार श्रेष्ठले २ सय ९६ मत प्राप्त गर्नुभयो।
क्षेत्रीय कार्यसमिति सदस्यतर्फ दुई जना निर्वाचित भएका छन्। भीमबहादुर ढकालले ९ सय ८५ मत र सूर्यबहादुर कुमालले ७ सय ३३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो। सदस्य पदका उम्मेदवार नवराज अर्यालले ६ सय १० मत प्राप्त गर्नुभयो।
क्षेत्रीय अधिवेशनबाट सभापति, सचिव, सहसचिव र सदस्य पदको निर्वाचन सम्पन्न भएसँगै धादिङ क्षेत्र नं. २ मा कांग्रेसको नयाँ क्षेत्रीय नेतृत्व चयन भएको छ। नयाँ नेतृत्वले पार्टी संगठनलाई थप व्यवस्थित गर्दै आगामी महाधिवेशनका लागि आवश्यक काम अघि बढाउने बताइएको छ।
महाधिवेशन प्रतिनिधिमा विभिन्न समूहबाट निर्वाचित
प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महिलातर्फ रिता थापा मगर १ हजार १४७, कल्पना अधिकारी १ हजार ६३, योमाया तामाङ ७१८ र लक्ष्मी गिरी ६६६ मतसहित विजयी भएका छन्।
खुलातर्फ रमेशप्रसाद धमला १ हजार २९७, भीमप्रसाद ढुङ्गाना १ हजार १४९, राकेश धमला १ हजार १४६, दिलमान पाख्रिन तामाङ १ हजार ६२, रामनाथ अधिकारी ९७५, ईश्वर अधिकारी ९३७, दीपक कोइराला ९१२, झंकनारायण श्रेष्ठ ८१६, विकास श्रेष्ठ ८१६ र सेतेमान तामाङ ७२३ मतसहित निर्वाचित भएका छन्।
श्रमिकतर्फ तिलकप्रसाद ढुङ्गाना ७२५, पेशागत तथा विषयविज्ञतर्फ कुलबहादुर गुरुङ ७०२, ३५ वर्षमुनिका युवा महिलातर्फ सरिता तामाङ ९०८ तथा युवा खुलातर्फ गोपीकृष्ण भण्डारी ८५८ र अश्विन दुवाडी ५५९ मतसहित विजयी भएका छन्।
त्यस्तै, अपाङ्गतातर्फ बिनोद रिजाल ६५३, अल्पसंख्यकतर्फ डेभिड घले ९३१, प्रजातन्त्र सेनानी/सहिद परिवारतर्फ चिजकुमार तामाङ ८६३ र समानुपातिक दलिततर्फ राम्री नेपाली ७८३ मतसहित निर्वाचित भएका छन्।
समानुपातिक आदिवासी जनजाति महिलातर्फ सिता चोदेन गुरुङ १ हजार १३१, सरिता राना मगर ९४१ र शान्तकुमारी तामाङ ७४२ मतसहित विजयी भएका छन्। समानुपातिक आदिवासी जनजाति खुलातर्फ राजकुमार श्रेष्ठ ८५८, धनबहादुर गुरुङ ७४९ र योगबहादुर तामाङ ७३५ मतसहित निर्वाचित भएका छन्।
समानुपातिक खस–आर्य खुलातर्फ रामप्रसाद अधिकारी ७१३ र देवीप्रसाद कोइराला ६८५ मतसहित निर्वाचित भएका छन्।