राजु भण्डारी धादिङ समाज बहराइनको संयोजकमा मनोनीत

राजु भण्डारी धादिङ समाज बहराइनको संयोजकमा मनोनीत

  • Kandara Samachar

  • सोमवार, भदौ १, २०८३

  • 65
    SHARES
राजु भण्डारी धादिङ समाज बहराइनको संयोजकमा मनोनीत
धादिङ ।
अन्तर्राष्ट्रिय धादिङ समाजले बहराइनमा कार्यरत प्रवासी धादिङवासीहरूबीच आपसी एकता, सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने उद्देश्यले राजु भण्डारीलाई धादिङ समाज बहराइनको संयोजक चयन गरेको छ।
सन् २००९ देखि बहराइनमा बसोबास गर्दै आएका भण्डारी त्यहाँका नेपाली तथा धादिङवासी समुदायको हकहित र सामाजिक सेवाका गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्। उनको सोही निस्वार्थ योगदानको उच्च मूल्यांकन गर्दै समाजले १७ अगस्ट २०२६ मा उक्त जिम्मेवारी सुम्पिएको हो।
अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारीद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा नवनियुक्त संयोजक भण्डारीको नेतृत्वमा बहराइनमा संस्थाका नीति, उद्देश्य र सामाजिक कार्यक्रमहरू थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ। साथै, संस्थाले उनलाई सफल कार्यकालको हार्दिक शुभकामना समेत दिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar