✍️ सीताराम अधिकारी/धादिङ,
धादिङ जिल्ला अदालतले २ वर्ष नाघेका सबै मुद्दा फर्छ्याैट गरि सुन्यमा झारेकाे छ ।
गत आर्थिक वर्षमा २ वर्ष नाघेका २४ थान मुद्दा रहेकाेमा सबै मुद्दा फैसला गरेपछि सुन्यमा झारेकाे जिल्ला अदालतका श्रेस्तेदार राजेन्द्र लुइटेलले बताउनुभयाे ।
जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा १ हजार २ सय ३३ मुद्दा दर्ता भएकाे छ भने अघिल्लो वर्षबाट ३ सय २५ मुद्दा जिम्मेवारी सरि आएका समेत गरि १ हजार ५५८ थाम मुद्दा रहेका थिए । २ जना न्यायाधीश रहेकाे धादिङ जिल्ला अदालतमा १ हजार ८५ मुद्दा फर्छ्याैट गरिएकाे छ । यश वर्ष परेकाे मुद्दाकाे संख्याभन्दा कम मुद्दा मात्र फैसला गरेकाे जिल्ला अदालतले आगामि वर्ष भने महत्वकांक्षी याेजना सहित अघि बढेकाे श्रेस्तेदार लुइँटेलकाे भनाइ छ ।यस वर्ष ६९ दशमलव ६४ प्रतिशत मुद्दा फैसला गरेकाे अवस्था छ ।
अदालतमा सबैभन्दा बढी देवानी तथा फौजदारी दर्ता र फर्स्योट भएका छन्। त्यस्तै पुनरावेदन तथा रिटसम्बन्धी मुद्दाको सुनुवाइ पनि गरिएको अदालतको तथ्यांकमा उल्लेख छ।
वार्षिक विवरणले अदालतले एक वर्षमा उल्लेखनीय संख्यामा मुद्दा किनारा लगाए पनि अझै ठूलो संख्यामा मुद्दा बाँकी रहेको देखाएको छ। बाँकी रहेका मुद्दाको समयमै सुनुवाइ तथा फर्छ्याैट गर्नु आगामी वर्ष अदालतका लागि प्रमुख चुनौती रहने देखिन्छ।
धादिङ जिल्ला अदालतमा ४७३ मुद्दा फैसला हुन बाँकी छ ।