धादिङकाे गुम्दीमा छाेराले बाबु मारे

धादिङकाे गुम्दीमा छाेराले बाबु मारे

  • Kandara Samachar

  • आइतवार, असार २१, २०८३

  • 145
    SHARES
धादिङकाे गुम्दीमा छाेराले बाबु मारे

धादिङ

धादिङको गंगाजमुना गाउँपालिका–४   गुम्दी धङ्गार्चोकमा शनिबार   पारिवारिक विवादका क्रममा छोराले बाबुकाे हत्या गरेका छन् ।

६४ वर्षीय धनबहादुर सुनारलाई उनका छाेरा ३० वर्षीय सुजन सुनारले धारिलाे छड प्रहार गरि हत्या गरेका हुन् ।

मानसिक समस्यामा रहेका छाेराले बाबुसंग विवादकाे क्रकममा छड प्रहार गरेकाे प्रहीलाई बताएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयाे ।

घटनालगत्तै स्थानीयबासीले सुजनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। गम्भीर घाइते धनबहादुरलाई उपचारका लागि फुलखर्क प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले आरोपित सुजनलाई नियन्त्रणमा लिई घटनामा प्रयोग भएको धारिलो हतियार बरामद गरेको छ। प्रारम्भिक जानकारीअनुसार सुजन केही समयदेखि मानसिक स्वास्थ्य समस्याको उपचार गराइरहेका थिए। घटनाको प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar