धादिङ ।
नीलकण्ठ नगरपालिकाले जेष्ठ नागरिक नगर भेला गरि
नीलकण्ठ नगर समन्वय समिति गठन गरेको छ ।
नीलकण्ठ नगरकाे पहिलाे जेष्ठ नागरिक समन्वय समिति
कृष्णबहादुर अधिकारीकाे अध्यक्षतामा गठन गरिएको हाे ।
समितिकाे उपाध्यक्षमा भरतप्रसाद अधिकारी, सचिवमा भवनाथ अधिकारी, काेषाध्यक्षमा तारादेबि अर्याललाई चयन गरिएकाे छ ।
समितिकाे सदस्यहरुमा कुलप्रसाद ढकाल, लाेक बहादुर सार्की, केदार काेइराला, ठ कुमारी काेइराला, फत्त प्रसाद धमला, चित्रकुमारी भण्डारी, लालबहादुर गुरुङ, बाेधराज सुवेदी, चन्द्रकुमारी नेपाल, भवनाथ अधिकारी, उजेली गुरुङलाई चयन गरिएको छ ।

जेष्ठ नागरिक नगर भेलाकाे नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले उद्घाटन गर्दै जेष्ठ नागरिकका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु गर्ने बताउनुभयाे । अहिले घरघरमा पुगेर स्वास्थ्य परिक्षण र अाैषधि उपचार गर्ने गरेकाे उल्लेख गर्दै जेष्ठनागरिककाे मागहरुमा काम गर्ने बताउनुभयाे ।
नगरपालिकाकाे नीति अनुसार गठन गरिएकाे जेष्ठ नागरिक समन्वय समिति गठन गरिएपछि साेहि समिति निर्णय र मागमा आधारित कार्यक्रम गर्ने नगरपालिका सामाजिक शाखाका उर्मिला थपलियाले बताउनुभयाे ।
यसअघि ६५ जना जेष्ठ नागरिकको नगरपालिका स्वास्थ्य शाखाले निशुल्क स्वास्थ्य परिक्षण गरेकाे थियाे । सुगर, प्रेसर, लगायतकाे परिक्षण गर्दै जेष्ठ नागरिकलाई समस्या भएकाहरुलाई अस्पताल प्रेषण समेत गरिएको स्वास्थ्य शाखा प्रमुख विष्णु रिजालले बताउनुभयाे ।
