लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा ७ चालक पक्राउ

लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा ७ चालक पक्राउ

  • Kandara Samachar

  • मङ्लबार, असार १६, २०८३

  • 29
    SHARES
लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा ७ चालक पक्राउ

धादिङ

धादिङ प्रहरीले लागुऔषध सेवन गरेर सवारी साधन चलाउने चालकहरूमाथि निगरानी तथा कारबाहीलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको प्रेस नोटअनुसार ७ जना चालक लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार असार १६ गते गजुरी गाउँपालिका–६ स्थित पृथ्वी लोकमार्ग क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र गजुरी तथा नीलकण्ठ नगरपालिका–३ पुलचोकस्थित जनस्वास्थ्य कार्यालय धादिङको सहकार्यमा सार्वजनिक तथा निजी सवारी चालकहरूको लागुऔषध सेवन परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ७ जना चालकले लागुऔषध सेवन गरेको पुष्टि भएपछि नियन्त्रणमा लिइएको जनाइएको छ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार पक्राउ पर्ने चालकहरूमा म.प्र.०३–००२ ख २५८६ नम्बरको टेलर सवारीका चालक गल्छी गाउँपालिका–६ का ३२ वर्षीय दिपेन्द्र श्रेष्ठ, ना ३ ख ५४४८ नम्बरको ट्र्याक्टर सवारीका चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२४ का २८ वर्षीय ख्वालम हवारी, बा.प्र.०२–०२३ प ५४२६ नम्बरको मोटरसाइकल सवारीका चालक ज्वालामुखी गाउँपालिका–५ का २० वर्षीय दिवस आले मगर, बा.प्र.०३–००१ ज २१५५ नम्बरको हाईस सवारीका चालक गैंडाकोट नगरपालिका–१७ नवलपरासीका २१ वर्षीय भूमिराज महतो, बा.प्र.०२–०६२ प २३४८ नम्बरको मोटरसाइकल सवारीका चालक मर्स्याङ्दी गाउँपालिका–१ लमजुङका २६ वर्षीय प्रविन भण्डारी, बा ४५ प ६७४१ नम्बरको मोटरसाइकल सवारीका चालक सिद्धलेक गाउँपालिका–१ का २३ वर्षीय सञ्जय सिलवाल तथा ना ७ ख ७३७० नम्बरको बस सवारीका चालक सिद्धलेक गाउँपालिका–२ का ३४ वर्षीय टोपबहादुर थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालले बताउनुभयाे ।

प्रहरीले पक्राउ परेका चालकहरूमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार चालु आर्थिक वर्षको चैत महिनादेखि हालसम्म ३० जना चालक लागुऔषध सेवन गरी सवारी चलाएको अवस्थामा पक्राउ परिसकेका छन्।

प्रहरीले लागुऔषध वा मादक पदार्थ सेवन गरी सवारी चलाउनु यात्रुको जीवनमा गम्भीर जोखिम निम्त्याउने भन्दै यस्ता गतिविधिविरुद्ध अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रहरीले जनाएको छ।

(तस्बिर : एआइ )


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar