मानव विकासका लागि पूर्वाधार विकास : चुनौती, अवसर र स्थानीय तहको भूमिका विषयमा छलफल

मानव विकासका लागि पूर्वाधार विकास : चुनौती, अवसर र स्थानीय तहको भूमिका विषयमा छलफल

  • Kandara Samachar

  • शनिबार, असार १३, २०८३

  • 52
    SHARES
मानव विकासका लागि पूर्वाधार विकास : चुनौती, अवसर र स्थानीय तहको भूमिका विषयमा छलफल

तनहुँ

मुग्लिन-पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत “मानव विकासका लागि पूर्वाधार विकास : चुनौती, अवसर र स्थानीय तहको भूमिका” विषयक दुईदिने कार्यशाला बन्दीपुरमा संचालन भएको छ।

सहयात्री समाज नेपाल-सिड्स जेभीको आयोजनामा  सञ्चालन भएको कार्यशालाको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरणनुभएकाे थियाे ।

सरकार तथा विकास साझेदारद्वारा सञ्चालन गरिएका एचआईभी/एड्स सचेतना, मानव बेचबिखन नियन्त्रण, जीविकोपार्जन सहयोग तथा संरक्षणसम्बन्धी कार्यक्रमबाट प्राप्त सिकाइ, उत्कृष्ट अभ्यास र ज्ञान सामग्रीलाई व्यवस्थित रूपमा अभिलेखीकरण, प्रसार तथा संस्थागत गर्न कार्यक्रम आयोजना गरिएको आयाेजकले जनाएको छ।

आयाेजना अवधि समाप्त भएपछि पनि स्थानीय सरकार, नगरपालिका, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायले संरक्षण र सचेतनामूलक कार्यक्रमहरू स्वतन्त्र रूपमा योजना तर्जुमा, कार्यान्वयन र दिगो रूपमा सञ्चालन यस किसिमकाे कार्यक्रमले महत्वराख्ने बताइएको छ ।

कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटा, जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar