नेत्रावती डवजोङले स्थानीय मदिरादेखि गुन्द्रुकसम्म ब्रान्डिङ गर्ने याेजना सार्वजनिक

नेत्रावती डवजोङले स्थानीय मदिरादेखि गुन्द्रुकसम्म ब्रान्डिङ गर्ने याेजना सार्वजनिक

  • Kandara Samachar

  • शुक्रबार, असार ५, २०८३

  • 41
    SHARES
नेत्रावती डवजोङले स्थानीय मदिरादेखि गुन्द्रुकसम्म ब्रान्डिङ गर्ने याेजना सार्वजनिक

धादिङ,

धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले स्थानीय उत्पादनलाई पहिचान र बजारसँग जोड्ने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले यस वर्ष स्थानीय मदिरा र गुन्द्रुकको ब्रान्डिङदेखि होमस्टे प्रवर्द्धनसम्मका कार्यक्रमलाई प्राथमिकतामा राखेके छ ।
बिहीबार सम्पन्न १९ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय स्रोत, सीप र उत्पादनलाई आयआर्जनसँग जोड्ने रणनीति अघि सारिएको बताउनुभयो। उहाँले गाउँपालिकाको आर्थिक आधार बलियो बनाउन स्थानीय उत्पादनको बजारीकरण र ब्रान्डिङमा विशेष जोड दिइएको जानकारी दिनुभयो।
अध्यक्ष रिजालका अनुसार पालिकाले आगामी वर्ष स्थानीय मदिरा र गुन्द्रुकलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्ने, घरबास (होमस्टे) कार्यक्रम विस्तार गर्ने तथा ग्रामीण पर्यटनलाई आर्थिक विकाससँग जोड्ने योजना बनाएको छ। यससँगै ‘एक घर एक धारा’ र कृषिको आधुनिकीकरणका लागि ‘एक पक्की टनेल’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङले आगामी आर्थिक वर्षका लागि ४० करोड ५० लाख ६७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। बजेटमा शिक्षा, स्वास्थ्य तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखिएको छ।
क्षेत्रगत रूपमा शिक्षा क्षेत्रमा ३ करोड १० लाख रुपैयाँ, स्वास्थ्य क्षेत्रमा १ करोड ५० लाख रुपैयाँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित कार्यक्रमका लागि ८८ लाख ९५ हजार रुपैयाँ तथा आर्थिक विकासतर्फ ५६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ।
गाउँसभामा प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ ९ करोड २९ लाख रुपैयाँ र चालु खर्चतर्फ ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। बाँकी रकम संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने सशर्त, समपूरक र विशेष अनुदानमार्फत सञ्चालन हुने कार्यक्रमहरूमा खर्च गरिने जनाइएको छ।
यसैबीच, गाउँपालिकाको आन्तरिक राजस्व वृद्धि अभियानमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वडा नम्बर १ का वडा अध्यक्ष तथा कर्मचारीहरूलाई सम्मान गरिएको छ। विशेष गरी सबैभन्दा बढी राजस्व संकलन गर्न सफल वडा नम्बर १ का वडा अध्यक्ष र सचिव राकेश भुललाई प्रशंसापत्रसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय उत्पादनलाई पहिचान, मूल्यवृद्धि र बजारसँग जोड्ने उद्देश्यसहित सार्वजनिक गरिएको यस वर्षको नीति तथा कार्यक्रमले नेत्रावती डवजोङलाई उपभोगमुखीभन्दा उत्पादनमुखी स्थानीय सरकारका रूपमा स्थापित गर्ने प्रयास गरेको देखिन्छ। स्थानीय कृषि उत्पादन, परम्परागत खाद्य परिकार र ग्रामीण पर्यटनलाई आर्थिक समृद्धिको आधार बनाउने रणनीति सफल भएमा गाउँपालिकाको आन्तरिक आय वृद्धि र रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
बजेटके विस्तितकरणा रूप भने सावर्जिनक गिरएके छैन ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar