जेनजि आन्दोलनमा लसुधारगृहबाट फरार अभियुक्त पुनः चोरी कसुरमा पक्राउ

जेनजि आन्दोलनमा लसुधारगृहबाट फरार अभियुक्त पुनः चोरी कसुरमा पक्राउ

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ २८, २०८३

  • 37
    SHARES
जेनजि आन्दोलनमा लसुधारगृहबाट फरार  अभियुक्त पुनः चोरी कसुरमा पक्राउ

धादिङ

जेन जेड आन्दोलनका क्रममा पक्राउ परेर बालसुधारगृहमा राखिएका र अदालतको आदेशविपरीत फरार भएका एक किशोर पुनः चोरी कसुरमा संलग्न भएको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बागलुङ नगरपालिका–१ रामरेखा निवासी १६ वर्षीय किशोरलाई चोरी मुद्दामा पक्राउ गरिएको हो। यसअघि उनी जेन जि आन्दोलनका क्रममा पक्राउ परेका थिए। बागलुङ जिल्ला अदालतले उनलाई चोरी कसुरमा दोषी ठहर गर्दै दुई वर्ष बालसुधारगृहमा राख्न आदेश दिएको थियो।

प्रहरीका अनुसार ती किशोरलाई २०८१ फागुन १७ गते चोरी मुद्दामा पक्राउ गरी अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई दुई वर्षका लागि बालसुधारगृह पठाउने फैसला गरेको थियो। तर उनी २०८२ जेठ २ गते बालसुधारगृहबाट फरार भएका थिए। फरार भएपछि उनी पुनः आपराधिक गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजी कार्य तीव्र पारिएको थियो।

यसैक्रममा २०८२ असार २८ गते साँझ करिब ६ः३० बजे गजुरी गाउँपालिका–४ स्थित आदर्श माध्यमिक विद्यालय परिसरमा चोरी भएको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो। विद्यालयको शिक्षक कक्षमा राखिएको नगद तथा अन्य सामग्री चोरी भएको उजुरीपछि प्रहरी टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा विद्यालयबाट सुनका विभिन्न गरगहना, नगद रकम, मोबाइल फोन तथा चाँदीका सिक्री चोरी भएको खुलेको प्रहरीले जनाएको छ। घटनास्थल तथा प्राप्त सूचनाका आधारमा खोजतलास गर्दा फरार किशोरलाई गजुरी गाउँपालिका–१ गलौदीस्थित पृथ्वी राजमार्ग क्षेत्रबाट पक्राउ गरिएको हो।

प्रहरीले उनको साथबाट चोरी गरिएका सामग्रीसमेत बरामद गरेको जनाएको छ। बरामद सामग्रीमा दुई थान सुनजस्तो देखिने पहेँलो धातुका औँठी, एक थान सुनजस्तो देखिने पहेँलो धातुको औँठीबाला, एक थान मोबाइल फोन र नगद चार हजार पाँच सय रुपैयाँ रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका किशोरमाथि पुनः चोरी कसुरमा अनुसन्धान अघि बढाइएको छ। साथै उनी बालसुधारगृहबाट फरार भएको विषयमा समेत कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङले पछिल्लो समय बालसुधारगृहबाट फरार भई पुनः आपराधिक गतिविधिमा संलग्न हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै यस्ता घटनामा निगरानी तथा कारबाहीलाई थप कडाइ गरिएको जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar