धादिङ शाखा पत्रकार महासंघकाे बागमति प्रदेशमा उत्कृष्ठ घाेषित

धादिङ शाखा पत्रकार महासंघकाे बागमति प्रदेशमा उत्कृष्ठ घाेषित

  • Kandara Samachar

  • शनिबार, जेष्ठ २३, २०८३

  • 116
    SHARES
धादिङ शाखा पत्रकार महासंघकाे बागमति प्रदेशमा उत्कृष्ठ घाेषित

धादिङ ।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई उत्कृष्ट जिल्ला शाखाको रूपमा घोषणा गर्दै सम्मान गरेको छ।
पत्रकारहरूको हक, हित तथा पेसागत अधिकार संरक्षणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्नुका साथै सदस्यता नवीकरण, साधारणसभा सञ्चालन तथा शाखाले सम्पादन गर्नुपर्ने विभिन्न संगठनात्मक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेको मूल्याङ्कनका आधारमा धादिङ शाखा उत्कृष्ट घोषित भएको हो।
बागमती प्रदेश अन्तर्गत रहेका जिल्ला शाखाहरूमध्ये संगठन सुदृढीकरण, सदस्य व्यवस्थापन, संस्थागत गतिविधि सञ्चालन र पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै धादिङ शाखालाई यो सम्मान प्रदान गरिएको प्रदेश समितिले जनाएको छ।
उक्त  सम्मानले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल अझ उच्च बनाउनुका साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको जिल्ला शाखा धादिका अध्यक्ष सिताराम अधिकारिले बताउनु भयो।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar