धादिङका ३७ पत्रकारको नि:शुल्क स्वास्थ्य परीक्षण

धादिङका ३७ पत्रकारको नि:शुल्क स्वास्थ्य परीक्षण

  • Kandara Samachar

  • बुधबार, जेष्ठ २०, २०८३

  • 102
    SHARES
धादिङका ३७ पत्रकारको नि:शुल्क स्वास्थ्य परीक्षण

धादिङ ।

धादिङ जिल्लामा क्रियाशील पत्रकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ।

नेपाल पत्रकार महासंघ धादिङ र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय धादिङ को सहकार्यमा ३७ जना पत्रकारको स्वास्थ्य परीक्षण गरिएको हो।

महासंघको २४औँ साधारणसभाको अवसरमा कार्यक्रम स्थलमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो।

पत्रकारहरूको ब्लड सुगर, युरिक एसिड, लिभर फङ्सन टेस्ट, किड्नी फङ्सन टेस्ट तथा हेमोग्लोबिन परीक्षण गरिएको चिकित्सालयले जनाएको छ।

उमेरअनुसार उचाइ र तौल मापन गरी आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।

चिकित्सालयका प्रमुख डा. मनोज कुमार चौधरी ले समुदायस्तरमा निःशुल्क स्वास्थ्य परीक्षण तथा आयुर्वेद उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar