धादिङ ।
धादिङको रुवीभ्याली गाउँपालिका मा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
आज दिउँसो करिब १२ः३० बजेतिर रुवीभ्याली गाउँपालिका–१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई वडा नं. ३ स्थित गुफाभिरबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा साइकल चालक काठमाडौं सुकेधारा निवासी अन्दाजी ५२ वर्षीय प्रशान्त पाण्डे गम्भीर घाइते भएका थिए। दुर्घटनापछि प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोली, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा जोखिमपूर्ण भीरबाट घाइतेको उद्धार गरिएको थियो।
घाइते पाण्डेलाई आधारभूत स्वास्थ्य चौकी सेर्तुङमा प्राथमिक उपचारपछि थप उपचारका लागि Altitude Air को हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। हाल उनको हेम्स अस्पताल मा उपचार भइरहेको छ।
घटनाबारे जानकारी जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले दिएका हुन्।