गल्छीमा भारतीय बसको ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु, श्रीमती गम्भीर घाइते

गल्छीमा भारतीय बसको ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु, श्रीमती गम्भीर घाइते

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ ७, २०८३

  • 250
    SHARES
गल्छीमा भारतीय बसको ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु, श्रीमती गम्भीर घाइते
  • – सुदिप अधिकारी /धादिङ ।

धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी चोकमा भारतीय नम्बर प्लेटको बसले पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन्।

मृत्यु हुनेमा सोमबहादुर राई रहेका छन्। उनी गजुरी गाउँपालिका–५ का ५२ वर्षीय हुन्। दुर्घटनामा उनकी श्रीमती ५५ वर्षीया माया राई गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दहालका अनुसार  काठमाडौंबाट भारततर्फ जाँदै गरेको युके ०७ पिए १७१८ नम्बरको बसले सडक पार गर्दै गरेका दम्पतीलाई ठक्कर दिएको हो। दुर्घटनापछि दुवैलाई उपचारका लागि बैरेनी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोमबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते माया राईलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।

घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar