सूचना पुनरावेदन समिति अध्यक्ष अधिकारीलाई पत्रकार महासंघ लगायतको सम्मान

सूचना पुनरावेदन समिति अध्यक्ष अधिकारीलाई पत्रकार महासंघ लगायतको सम्मान

  • Kandara Samachar

  • बिहिबार, बैशाख १७, २०८३

  • 37
    SHARES
सूचना पुनरावेदन समिति अध्यक्ष अधिकारीलाई पत्रकार महासंघ लगायतको सम्मान

धादिङ

बागमति प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत नियुक्त गरिएका प्रदेश सूचना पुनरावेदन समितिमा अध्यक्ष अधिवक्ता कृष्णराज अधिकारीलाई नेपाल पत्रकार महासंघ धादिङ लगायत नागरिक समाजले सम्मान गरेको छ ।
सूचनाको हक कार्यानवयन गर्दै सरकारका निकायलाई सूचनाको हकका बारेमा जानकारी गराउने तथा सूचनाको हक कार्यान्वयन नगर्नेहरुलाई कानूनी दायरामा ल्याउने लगायतका कार्यादेश भएको प्रदेश सूचना पुनरावेदन समितिका नवनियुक्त अध्यक्ष अधिकारी धादिङ जिल्लामा शिक्षा कार्यालयबाट रटिायर्ड भइ मानवअधिकार संगठन, धादिङ बार एसोसिएसन लगायतका नागरिक अधिकारको संस्थामा नेतृत्व गरिसक्नु भएको छ ।
नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले नागरिकको सूचना पाउने हकलाई व्यवहारमा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले हाल सूचना प्राप्ति प्रक्रिया जटिल र कठिन रहेको उल्लेख गर्दै आगामी दिनमा सहज र प्रभावकारी पहुँच सुनिश्चित गर्ने लाग्ने बताउनुभयो ।
‘कतिपय संवेदनशील सूचना सार्वजनिक गर्न नमिल्ने भए पनि सार्वजनिक सरोकारका सूचना नागरिकले पाउनु उनीहरूको अधिकार हो, निवेदन दिँदा समेत सूचना नपाउने अवस्थाको अन्त्य गर्न पहल गर्नेछु । ’ अधिकारीले बताउनुभयो ।
अध्यक्ष अधिकारीले सूचना अधिकारको कार्यान्वयनमा नेपाल पत्रकार महासंघसँग सहकार्य गर्दै पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र सुदृढ बनाउने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले जिल्लामा सार्वजनिक निकायहरूले सूचना दिन आनाकानी गर्ने प्रवृत्ति रहेको बताउनुभयो । पत्रकारले माग गरेका सूचना समेत उपलब्ध नहुने घटनाहरू बढिरहेको भन्दै उहाँले यस्ता विषयमा सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने जोड दिनुभयो ।
सार्वजनिक निकायले नियमित रूपमा सूचना प्रकाशन तथा प्रसारण गर्नुपर्ने भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनले बताए । कार्यक्रममा धादिङका सञ्चारकर्मीहरूले नवनियुक्त अध्यक्षलाई शुभकामना दिँदै सूचना प्रणालीलाई अझ पारदर्शी, पहुँचयोग्य र नागरिकमैत्री बनाउने दिशामा काम गर्न आग्रह गर्नुभएको छ । ।
यसैगरि नागरिक समाजको तर्फबाट प्रदेश सूचना पुनरावेदन समितिमा नियुक्त हुनुभएका अधिवक्ता अधिकारीलाई सामुहिक रुपमा सम्मान गरिएको छ ।
धादिङ उद्योग वाणिज्य संघका कार्यकारी प्रमुख रमेश अधिकारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघ, गैरकारी संस्था महासंघ, धादिङ बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोसाइटी, दलित सेवा संघ, सितल छहारी नेपाल, नेपाल निवृत्त शिक्षक समाज, लायन्स क्लबअफ धादिङ भैरबी, नेपाल मानवअधिकार संगठन, नारिजागरण केन्द्र, समृद्ध समाज नेपाल, लगायतका संस्थाले सामुहिक रुपमा सम्मान गर्दै नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरिएको छ ।
अधिकारी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ तल्लोबेसी निवासी हुनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar