राहदानी घरघरमा पुर्याउन हुलाकलाई जिम्मेवारी

राहदानी घरघरमा पुर्याउन हुलाकलाई जिम्मेवारी

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १५, २०८३

  • 120
    SHARES
राहदानी घरघरमा पुर्याउन हुलाकलाई जिम्मेवारी
oplus_2

धादिङ

सरकारले राहदानी नागरिककाे घरमा पुर्याउने कार्य याेजना सार्वजनिक गरेअनुसार धादिङमा जिल्ला हुलाक कार्यालयलाई राहदानी घरघरमा पुर्याउने जिम्मेवारी दिइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला हुलाक कार्यालयबिच सेवाग्राहीको घरमै राहदानी (पासपोर्ट) पुर्‍याउने औपचारिक सम्झौता भएसंगै

जिल्लाभरका सबै स्थानमा हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पाउने भएका छन् ।

नेपाल सरकार मन्त्री परिषद्को २०८२ चैत १३ गते बसेको बैठकबाट शासकिय सुधारसम्बन्धि एक सय कार्यसूची सार्वजनिक गरेको थियो । सोही अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले दुई सेवा प्रदायकविच मंगलबार सम्झौता गरिएको हो ।

बैशाख ७ गतेबाट बनाइएका सबै राहदानी सेवाग्राहीहरुको चाहना र आवश्यकता अनुसार घर घरमा पुर्‍याइने धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताउनुभयाे । ‘राहदानी आवेदन दिने क्रममा सेवाग्राहीले राहदानी कहाँ लिने भनेर भरेको आधारमा हुलाक सेवामार्फत घरमै डेलिभरी दिने व्यवस्था मिलाइएको छ । जिल्ला प्रशासन कार्यालय वा घरमै नागरिकता लिन सकिने प्रावधान रहेको छ’

जिल्लाका विकट क्षेत्रहरूबाट मोटो रकम खर्चिएर पासपोर्ट लिन सदरमुकामसम्म आउनुपर्ने बाध्यता हट्ने ‘राहदानी बनाउन बायोमेट्रिकका लागि सेवाग्राही प्रशासन कार्यालय आउनै पर्ने भए पनि, राहदानी तयार भइसकेपछि भने घरमै पुर्‍याउँदा उनीहरूको समय र खर्च बचत हुन्छ । अहिले तत्कालका लागि स्थायी ठेगाना र जिल्ला प्रसाशनबाट लिने व्यवस्था छ । अन्तरपालिकामा पनि दिने व्यवस्था आए त्यो पनि गर्न सकिन्छ’ उहाँले भन्नुभयो ।

‘नागरिकलाई प्रवाह गर्ने अन्य सेवाहरु पनि घरदैलोसम्म पुर्‍याउन यो सेवाबाट सिकाइ हुन्छ । नागरिकता, राष्ट्रिय परिचय पत्र लगायत अन्य सेवाहरु पनि घरदैलोमा दिन सक्ने अवस्था रहन सक्छ । यस्ता सेवा घरदैलोमै पाएबापत सेवाग्राहीले अतिरिक्त शुल्क तिर्नु पर्दैन’ उनले भने– ‘अहिलेको माग अनुसार घरदैलोमा सेवा दिन कर्मचारी पर्याप्त छन् । माग बढी भएमा जनशक्ति थप गर्नु पर्ने पनि हुन सक्छ । नागरिकलाई सहज र घरदैलोमै सेवा दिन हामी तत्पर छौं ।’

जिल्ला हुलाक कार्यालय धादिङका हुलाक अधिकृत नारायण प्रसाद पोखरेलले जिल्लाको सदरमुकाममा सोहि दिन, नीलकण्ठ नगरपालिकामा तीन दिन र अन्य स्थानीय तहहरुमा डाँक ढुवानी तालिका बमोजिम पालिका हुलाक कार्यालयमा पुर्‍याई सक्दो चाँडो सेवाग्राहीको हातमा पार्ने बताउनुभयो । ‘नीलकण्ठ नगरपालिका क्षेत्रभित्र आजैदेखि र जिल्लाका अन्य पालिकाहरुमा जेठ १ गतेदेखि राहदानी वितरण सुरु गर्छाैं’ उहाँले भन्नुभयो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar