विकासमा समन्वय र गाैरव आयाेजना द्रुतगतिमा काम गर्न माग गर्दै साम्सदलाई स्थानीय सरकारकाे सम्मान

विकासमा समन्वय र गाैरव आयाेजना द्रुतगतिमा काम गर्न माग गर्दै साम्सदलाई स्थानीय सरकारकाे सम्मान

  • Kandara Samachar

  • मङ्लबार, बैशाख १, २०८३

  • 78
    SHARES
विकासमा समन्वय र गाैरव आयाेजना द्रुतगतिमा काम गर्न  माग गर्दै साम्सदलाई स्थानीय सरकारकाे सम्मान
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}

धादिङ

प्रतिनिधि सभा सदस्य निर्वाचित सदस्यहरुलाई धादिङका स्थानीय सरकारले गाैरव आयाेजनामा सघाउन र जनताका लागि ऐनकानुन बनाउन माग गर्दै सम्मान गरिएकाे छ ।

सतहमा देखिएको सम्मान र स्वागतभित्रै सांसद र स्थानीय सरकारबीचको अधिकार, बजेट र भूमिका विषयमा भने स्थानीय सरकारले आफ्नाे अधिकार हस्तक्षेप भएकाेकाे गुनासाे समेत गरेका छन् ।

सम्मानित हुने प्रतिनिधि सभा सदस्यहरुमा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठ, समानुपातिक प्रणालीमार्फत चुनिएका प्रतिनिधि सभा सदस्यहरुमा बसुमाया तामाङ, डा. पुष्प कँडेल, गंगादेवी श्रेष्ठ, उर्मिला थपलिया र सरस्वती लामा रहेका छन् । कार्यक्रममा राष्ट्रिय गौरवको रुपमा रहेको बहुचर्चित जलासययुक्त बुढीगण्डकी जलविद्युत आयोजना, सांकोष-तिप्लिङ सडक विस्तार र स्तरोन्नति, बैकल्पिक राजमार्ग लगायत जिल्लाको समग्र भौतिक पूर्वाधार निर्माण र जिल्लाबासीको हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो भने प्रतिनिधिसभाका सांसदहरूलाई खादा, माला र सम्मानपत्रसहित अभिनन्दन गरिएको थियो। यद्यपि, कार्यक्रम केवल औपचारिक सम्मानमा सीमित रहेन; यसले भविष्यको शक्ति सन्तुलनको संकेतसमेत दिएको छ।

कार्यक्रमका अध्यक्ष नीलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुंगाना ले सांसदहरूसामु स्पष्ट धारणा राख्दै केन्द्रबाट थोपारिने योजनाले अपेक्षित विकास नहुने र स्थानीय तहकै आवश्यकता र प्राथमिकता अनुसार योजना बन्नुपर्नेमा बताउनुभयो ।

सांसदहरूको भूमिका नीतिगत सहजीकरण र बजेट सुनिश्चिततामा केन्द्रित हुनुपर्ने धारणा गर्नुभयाे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले एउटै योजनामा संघ र स्थानीय तहबाट दोहोरो बजेट पर्ने समस्या औंल्याइएकाे छ । यस्तो अवस्थाले स्रोतको दुरुपयोग, भ्रष्टाचार र अपूर्ण कामको जोखिम बढाउने भन्दै सांसदहरूलाई ठूला तथा दीर्घकालीन योजनामा केन्द्रित हुन आग्रह गरिएको छ।

यसैबीच सांसद बोध नारायण श्रेष्ठ ले विगतका “विकासका न्यारेशन” परिवर्तन गर्नुपर्ने बताउनुभयाे । उहाँले पारदर्शिता, सहकार्य र आवश्यकता आधारित विकासमा जोड दिँदै स्थानीय तहसँग मिलेर काम गर्ने बताउनुभयो ।

उहाँकाे भनाइ अनुसार अबको ध्यान ‘आफ्ना मान्छे’ केन्द्रित बजेट वितरणभन्दा बाहिर गएर समग्र जिल्लाको विकासमा रहनेछ।’


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar