धादिङ जिल्ला अदालतद्वारा भर्चुअल माध्यमबाट म्याद थप गर्ने व्यवस्था सुरु

धादिङ जिल्ला अदालतद्वारा भर्चुअल माध्यमबाट म्याद थप गर्ने व्यवस्था सुरु

  • Kandara Samachar

  • बिहिबार, चैत्र २६, २०८२

  • 87
    SHARES
धादिङ जिल्ला अदालतद्वारा भर्चुअल माध्यमबाट म्याद थप गर्ने व्यवस्था सुरु

धादिङ

धादिङ जिल्ला अदालत ले अभियुक्तहरूलाई म्याद थपका लागि भौतिक रूपमा अदालत उपस्थित गराउनुपर्ने झन्झट घटाउने उद्देश्यले भर्चुअल माध्यमबाट म्याद थप गर्ने व्यवस्था सुरु गरेको छ।

अदालतले जारी गरेको सूचनाअनुसार जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल, बार एसोसिएसन लगायत सरोकारवाला निकायहरूबीच २०८२ माघ २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त व्यवस्था लागू गरिएको हो।

जिल्लाको भौगोलिक अवस्थाका कारण हिरासतमा रहेका अभियुक्तलाई पटक–पटक अदालत उपस्थित गराउन कठिनाइ हुने, प्रहरीको कार्यव्यस्तता तथा सुरक्षा व्यवस्थापनमा चुनौती देखिएकाले यस व्यवस्थाले सहजता ल्याउने विश्वास गरिएको धादिङ अदालत श्रेस्तेदार राजेन्द्र लुइँटेलले जानकारी दिनुभयाे ।

अदालतका अनुसार २०८३ वैशाख १ गतेदेखि लागू हुने गरी पहिलो चरणमा म्याद थप भर्चुअल माध्यमबाट गरिनेछ। यसअघि भौतिक रूपमा गरिँदै आएको म्याद थप अब डिजिटल माध्यमबाट सञ्चालन गरिने र यसको प्रभावकारिताबारे एक महिनापछि समीक्षा गरिनेछ।

अदालतका श्रेस्तेदार लुइटेलद्वारा हस्ताक्षरित पत्रमार्फत सम्बन्धित निकायहरूलाई आवश्यक प्राविधिक तयारी तथा समन्वय गर्न निर्देशन दिइएको छ।

यस कदमले न्यायिक प्रक्रियालाई छिटो, प्रभावकारी र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar