धादिङ, ।
धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–४ ओडारे मा गएराति भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ।
स्थानीय जीवन थापाको बाख्रा फार्म तथा घरमा सोमबार साँझ करिब ९:४५ बजेतिर आगलागी हुँदा करिब ६० वटा बाख्रा तथा कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट सुन, नगद रकम, लत्ताकपडा लगायत घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको बताइएको छ।
प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। रातिको समयमा आगलागी भएको कारण नियन्त्रण गर्न कठिन भएको स्थानीय बासिन्दाहरूले बताएका छन्।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।