धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

  • Kandara Samachar

  • सोमवार, चैत्र २, २०८२

  • 125
    SHARES
धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
oplus_8388610

धादिङ ।

धादिङ अस्पताल र सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा विस्तार तथा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरिएको छ।

बागमती प्रदेश अन्तर्गत रहेको धादिङ अस्पताल र त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार धादिङ अस्पतालबाट प्रत्येक महिना विशेषज्ञ (कन्सल्टेन्ट) चिकित्सकले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।

कन्सल्टेन्ट सेवा सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रकाे आवस्यकता र धादिङ  अस्पतालको उपलब्धताका आधारमा निर्धारण गरिने उल्लेख गरिएको छ।

सम्झौताअनुसार प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएका प्रयोगशाला परीक्षणहरू जस्तै रगत, दिसा, पिसाब तथा खकार लगायतका आवश्यक परीक्षण धादिङ अस्पतालमा गरिने व्यवस्था मिलाइने छ। सो परीक्षणको रिपोर्ट इमेलमार्फत पठाइने र परीक्षण वापतको रकम दोस्रो पक्षले पहिलो पक्षलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा धादिङ अस्पतालका तर्फबाट अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राधिका  सापकोटा, निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन  चन्द्र झा र प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारका तर्फबाट सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर खत्री, कार्यालय प्रमुख डा. मञ्जिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

याे  सहकार्यले सल्यानटार क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar