– नानु कार्कि/ धादिङ (गल्छी)
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं.१ धादिङमा रास्वपाकी आशिका तामाङ भारी मतान्तरसहित विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार तामाङले ३९ हजार १२८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो।
निर्वाचन अधिकृतको कार्यालय गल्छीका निर्वाचन अधिकृत एकराज अधिकारीका अनुसार निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार
भूमि प्रसाद त्रिपाठी ले १५ हजार ३२ मत प्राप्त गर्नुभएको छ।
त्रिपाठीलाई तामाङले २४ हजार ९६ मतान्तरले पराजित गर्नुभयाे ।
त्यसैगरी नेकपाका राजेन्द्र प्रसाद पाण्डे ले १४,हजार ९ मत प्राप्त गर्नुभएको छ।
कृष्ण रिजाल (नेपाली कांग्रेस) ले १० हजार ६० मत प्राप्त गर्नुभएको छ।
निर्वाचन आयोग नेपाल का अनुसार यस क्षेत्रमा खसेका सदर मतमध्ये सबैभन्दा बढी मत ल्याउँदै तामाङ निर्वाचित हुनुभएको हो।
यस विजयसँगै धादिङ–१ मा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको भन्दै समर्थकहरूले खुसी व्यक्त गरेका छन्।
धादिङ क्षेत्र नम्बर १ मा ५३ मतदान स्थल, १५२ मतदान केन्द्र अन्तरगत १ लाख ३६ हजार ६ सय ८६ मतादाता रहेकाेेमा ८४ हजार १६ मत खसेको थियाे ।
३ हजार १७५ मत बदर भएकाे धादिङ १ मा २३ उम्मेदवार प्रतिस्पर्धामा थिए । अन्य उम्मेदवारले १ हजारभन्दा कम मत पाएका छन् ।
११ औँ पटक निर्वाचन लडेका नेकपा उपाध्यक्ष समेत रहेका पाण्डे तेश्राे स्थानमा पुगेका छन् ।