धादिङमा रास्वपाको अग्रता कायमै, दुवै क्षेत्रमा मतान्तर बढ्दै

धादिङमा रास्वपाको अग्रता कायमै, दुवै क्षेत्रमा मतान्तर बढ्दै

  • Kandara Samachar

  • शनिबार, फाल्गुन २३, २०८२

  • 96
    SHARES
धादिङमा रास्वपाको अग्रता कायमै, दुवै क्षेत्रमा मतान्तर बढ्दै
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

धादिङ

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणाम अनुसार दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरू प्रतिस्पर्धी दलभन्दा उल्लेख्य मतले अगाडि देखिएका छन्।

धादिङ क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले २४ हजार ४८ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी राजेन्द्र प्रसाद पाण्डे (तारा) ले ११ हजार ३०४ मत प्राप्त गर्नुभएको छ। यस्तै, नेकपा एमालेकी भुमी त्रिपाठी (सूर्य) ले १० हजार ५१७ मत ल्याउँदा नेपाली कांग्रेसका कृष्ण रिजाल (रुख) ले ६ हजार ६५ मत प्राप्त गर्नुभएको छ। यस क्षेत्रमा आशिका तामाङले १२ हजार ८०५ मतान्तरले अग्रता बनाइरहनुभएको छ।

त्यस्तै धादिङ क्षेत्र नं. २ मा पनि रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठले अग्रता कायम राख्नुभएको छ। श्रेष्ठले १८ हजार ७६९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश प्रसाद धमलाले १४ हजार ५३ मत ल्याउनुभएको छ। यसैगरी नेकपा एमालेका धनबहादुर घले (सूर्य) ले ८ हजार ३१५ मत र रामबहादुर भण्डारी (तारा) ले ७ हजार १०१ मत प्राप्त गर्नुभएको छ।

पछिल्लो मतगणनासम्म धादिङका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले निरन्तर अग्रता बढाउँदै लगेको देखिएको छ। मतगणना कार्य भने जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar