धादिङ १ मा मतगणना सुरु : ८५ हजार भन्दाबढी मत खसेकाे विवरण

धादिङ १ मा मतगणना सुरु : ८५ हजार भन्दाबढी मत खसेकाे विवरण

  • Kandara Samachar

  • शुक्रबार, फाल्गुन २२, २०८२

  • 132
    SHARES
धादिङ १ मा मतगणना सुरु : ८५ हजार भन्दाबढी मत खसेकाे विवरण

-प्रविण रिजाल/धादिङ

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धादिङ क्षेत्र नम्बर  १ काे मतगणना सुरु भएकाे छ ।

गल्छी गाउँपालिका वडा नम्बर ६ महेशदाेभान स्थित अमलेश्वर महादेव मन्दिरकाे सामुदायिक भवनमा रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयमा उम्मेदवार प्रतिनिधि राेहबरमा मतगणना सुरु भएकाे निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिनुभयाे ।गल्छी गाउँ पालिका वडा नम्बर ५ स्थित अमनतादेवि मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएकाे छ ।

मतपेटिका ढुवानी गरि राती सर्वदलिय बैठक पछि गणनाकाे अाधार सहित सुरु भएकाे छ । यसक्षेत्रमा २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन्

धादिङ क्षेत्र नम्बर १ मा ५३  मतदान स्थल, १५२  मतदान केन्द्र अन्तरगत १ लाख ३६ हजार ६ सय ८६  मतादाता रहेकाेे छ ।

६ स्थानीय तह रहेकाे धादिङ १ मा जम्मा ८५ हजार ३ सय ३३ मत खसेको छ ।

सबैभन्दा बढी मत थाक्रे गाउँपालिकामा खसेको छ । थाक्रे गाउँपालिकाका विभिन्न मतदान केन्द्रबाट १७ हजार ६ सय ३० मत खसेको विवरण प्राप्त भएको छ । धुनिबेशी नगरपालिकामा १६ हजार ७ सय ८३ मत खसेको छ ।

बेनिघाट रोराङ गाउँपालिकामा १४ हजार ३ सय ८ मत खसेको छ भने गल्छी गाउँपालिकामा १३ हजार १ सय २२ मत खसेको छ ।

त्यसैगरी सिद्धलेक गाउँपालिकामा १२ हजार २ सय ९४ मत खसेको छ भने गजुरी गाउँपालिकामा ११ हजार १ सय ९६ मत खसेको विवरण सम्बन्धित पालिकाबाट प्राप्त भएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar