धादिङमा ५० दशमलव २९ प्रतिशत मत खस्याे

धादिङमा ५० दशमलव २९ प्रतिशत मत खस्याे

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन २१, २०८२

  • 98
    SHARES
धादिङमा ५० दशमलव २९ प्रतिशत मत खस्याे
oplus_2

 

धादिङ ।

 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ  जिल्लामा छिटपुट घटना बाहेक शान्तिपूर्ण मतदान भएकाे छ ।

२ लाख ७५ हजार २८० मतदाता रहेको  धादिङ जिल्लामा १ लाख ३८ हजार ४ सय ४७ मत खसेकाे जिल्ला निर्वाचन अधिकारी शिभ गुरुङले जानकारी दिनुभयाे । याे पछिल्लो जानकारी हाे । पुर्ण जानकारी आउन बाँकि छ ।

जम्मा मतदातामध्ये ५० दशमलव २९ प्रतिशत मत खसेकाे हाे ।  १ सय १४ मतदान स्थाल र ३ सय १० मतदान केन्द्र रहेकाे छ  ।

धादिङकाे शंखादेबी मतदान केन्द्र र मनरुपी मावि मतदान केन्द्रमा फर्जी मत हालिएकाे जानकारी स्थानीय प्रतिनिधिहरुले जनाएका छन् ।

धादिङ खनियाबास गाउँ पालिका वडा नम्बर २ मतदान केन्द्रमा अक्थलीबाट अाउदै गरेका १२/१३ जना मतदातालाई रास्वपा कार्यकर्ताले भिरमाथिबाट ढुंगा लडाएर गसेली पुलमा राेकिएकाे छ । मतदाताकाे सुरक्षाकर्मी उद्धार गरेका छन् ।

यसैगरि धादिङका पाँच मतदान केन्द्रमा संचारकर्मी र पर्यवेक्षकलाई राेक लगाईएकाे छ ।

वागेश्वरी मावि बैरेनी मतदान केन्द्रमा पर्यवेक्षक र पत्रकारलाई राेक लगाएकाे छ ।

वाशेश्वरी आवि गल्छी गाउँ पालिका ४ मा संचारकर्मी र पत्रकारलाई प्रवेशमा राेक लगाएकाे छ ।

महाकाली मावि मतदान केन्द्रमा संचारकर्मीलाई निषेध गरिएकाे पत्रकार केशव अधिकारीले बताउनुभयाे ।

नीलकण्ठ मावि धादिङबेसी मतदान केन्द्रमा पर्यवेक्षकलाई पर्यवेक्षण गर्न राेक लगाईएकाे नियाेकका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयाे ।

घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विजय सुवेदीले सहजीकरण गरिएकाे बताउनुभयाे ।

यसपछिपनि संचारकर्मीलाई गेटबाट नै फर्काइएकाे छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar