धादिङ ।
धादिङका चार मतदान केन्द्रमा संचारकर्मी र पर्यवेक्षकलाई राेक लगाईएकाे छ ।
वागेश्वरी मावि बैरेनी मतदान केन्द्रमा पर्यवेक्षक र पत्रकारलाई राेक लगाएकाे छ ।
वाशेश्वरी आवि गल्छी गाउँ पालिका ४ मा संचारकर्मी र पत्रकारलाई प्रवेशमा राेक लगाएकाे छ ।
महाकाली मावि मतदान केन्द्र मा संचारकर्मीलाई निषेध गरिएकाे पत्रकार केशव अधिकारीले बताउनुभयाे ।
नीलकण्ठ मावि धादिङबेसी मतदान केन्द्रमा पर्यवेक्षकलाई पर्यवेक्षण गर्न राेक लगाईएकाे नियाेकका अध्यक्ष कृष्णराज अधिकारीले जानकारी दिनुभयाे ।
घटनाका सम्बन्धमा प्रमुख जिल्ला अधिकारी विजय सुवेदीले सहजीकरण गरिएकाे बताउनुभयाे ।
यसपछिपनि संचारकर्मीलाई गेटबाट नै फर्काइएकाे छ ।