✍️ सीताराम अधिकारी/धादिङ ।
फागुन २१ हुने प्रतिनिधिसभा निर्वातनको मिति नजिकिँदै जाँदा मतमाग्न उम्मेदवारहरु मतदाताको घरघरमा र चोकचोकमा पुगिरहेका छन् ।
यस पटक धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा मत दिने मतदाताले रोजेका उम्मेदवारहरु पाउने भएका छन् ।
चर्चाको शिखरमा यस क्षेत्रको उम्मेदवारहरु परेका छन् । विगतमा राजनीतिक गुरु मानिएका नेपाली कम्यूनिष्ठ पार्टीका तारा चिन्हका उम्मेदवार रामबहादुर भण्डारी, उहाँले राजनीतिक पाठ पढाउनु भएका रास्वपाका घण्टी चिन्हका उम्मेदवार बोधनारायण श्रेष्ठ र भण्डारीले पार्टीको राजनीति पढाउनु भएका प्रलोपाका आँखा चिन्हका बिरबहादुर तामाङ (चम्पासिंह) चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
विकासको धारणा र खानेपानी सरसफाइमा विज्ञता हासिल गर्नुभएका उम्मेदवार श्रेष्ठ हुन भने माओवादी युद्धकालका एक कार्यकर्ता हुन् अहिले युनिसेफको जागिर छाडेर चुनावी मैदानमा होमिनुभएको छ ।
दीर्घकालिन दृष्टिकोणसहित २० वर्षे धादिङ विकास योजना निर्माण गर्ने, भ्रष्टचारमुक्त प्रशासन, प्रभावकारी सेवासहितको सुशासन र संस्थागत सुधार गर्ने, उत्पादनमूखी अर्थतन्त्र र रोजगारीका लागि कृषि, पर्यटन उद्योग उर्जा तथा साना मझौला उद्योगलाई प्राथमिकतामा राखेर काम गर्ने बाचा सहित श्रेष्ठ मतमाग्दै हिड्नुभएको छ ।
भण्डारी नेकपाका केन्द्रीय सदस्य हुन माओवादी युद्धमा दुई छोरा गुमाएका नेता हुन् ।
भ्रष्टाचारमुक्त प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, डिजिटल सेवा विस्तार तथा नागरिक गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ। शिक्षा क्षेत्रमा कक्षा १ देखि १२ सम्म निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र उच्च शिक्षालाई रोजगारमुखी बनाउने योजना लिएर नेकपा उम्मेदवार भण्डारी मतदातासंग मत माग्न हिडिरहनुभएको छ ।
तामाङ पहिलो संबिधानसभामा तत्कालिन माओवादीका संबिधानसभा सदस्य हुन् । पहिलो सम्बिधानसभा निर्वाचनमा निर्वाचित भएपछि पनि जनताको घरदैलोमा हिडिरहेका छन् भने यसपटक मत माग्दै जनताको लागि काम गर्ने अवसर दिन मात माग्दै हिड्नुभएको छ ।
बोधनारायण श्रेष्ठ नेकपा ओवादीवादीका सहयोगि र बौद्धिक व्यक्तित्वको रुपमा परिचय बनाउँदै तत्कालिन अवस्थामा सरकारले गिरफ्तार गरि करिब ९ महिना जेल सजायाँ गरेका व्यक्ति हुन् ।
नेकपा एमालेका धनबहादुर घले समृद्ध नेपाल सुखी नेपालीको लक्ष सहित बुढी गण्डकी परियोजना निर्माण, धादिङबेसी तिप्लिङ सडक निर्माण र सबै वडा कार्यालयसम्म पक्की सडक अभियान, पर्यटन विकास र व्यवस्थापन, जरिबुटी तथा खानीजन्य पदार्थ नियमन र मतदाताको आम्दानीको श्रोतको लागि उपयुक्त निति कानून बनाउने, गणेशहिमालको फेदमा रहेको जस्ताखानी पुनः संचालन गराउने, कृषिमा आधुनिकिीकरण, बजार व्यवस्थापन, सीपमूलक र व्यवसायिक शिक्षा, स्वास्थ्यबिमामा नागरिकलाई समेटेर निशुल्क स्वास्थ्यमा पहल गर्ने, ज्यामरुङ बायुगुठी समस्या समाधान गर्न उपयुक्त निति बनाउने, सामाजिक सुरक्षाको विाष्को दायरा फराकिलो पार्ने, युवालाई रोजगारी सिर्जना गराउन पहल गर्ने आदी प्रतिवद्धता सहित मतदाताको घरघर र गाउँहरुमा पुग्नु भएको छ ।
नेपाली काँग्रेसका उम्मेदवार रमेश धमलाले युवा, रोजगारी र गरिखाने वातावरण, पूर्वाधार विकास (बाटो, पुल, बिजुली), स्वास्थ्य, खानेपानी र सरसफाइ, शिक्षा तथा खेलकुद, वातावरण, स्वच्छता र विपद् व्यवस्थापन, सामाजिक न्याय र समावेशिता, जलवायु, वातावरण र विपद् व्यवस्थापन, आर्थिक बिकास (कृषि, उद्योग, सरकारी र नीजिक्षेत्र), पर्यटन र सांस्कृतिक पहिचान सहितको प्रतिवद्धता लिएर मतदाता समक्ष जानुभएको छ ।
राप्रपाका सुरेश रिजाल राजसंस्था पुनस्थापना ससमेत भन्दै आफूलाई मत दिएमा जिल्लाको विकासमा टेवा पुर्याउने र भ्रष्टाचार अन्त्य गर्ने एजेण्डासहित घरदैलोमा हुनुहुन्छ ।
यस अघि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीको गठबन्धन हुँदा नेपाली काँग्रेस उम्मेदवारले विजय हासिल गरेका थिए । तर अहिले समयक्रमसंग यि पार्टीहरु एक्लाएक्लै निर्वाचनमा जाँदा परिणम कस्तो आउने हो हेर्न बाँकी छ ।
यससंगै नेकपा एमालेले संबिधानसभा सदस्य धनबहादुर घलेलाई उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश धमलालाई र राप्रपाले सुरेश रिजाललाई उम्मेदवार बनाएर निर्वाचनको मैदानमा पठाएको छ ।
२०७९ प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ नेपाली काँग्रेसले २० हजार ९ सय ५७ मत, नेकपा एमालेले १६ हजार २ सय २५ मत, नेकपा माओवादी केन्द्रले ११ हजार ४ सय ९४ मत, राप्रपाले ७ हजार ६ सय ३० र रास्वपाले ५ हजार ६ सय २८ मत ल्याएको थियो ।