दोश्रो नीलकण्ठ मेयरफुटसल प्रतियोगितामा २६ टिमले प्रतिस्पर्दा गर्ने

दोश्रो नीलकण्ठ मेयरफुटसल प्रतियोगितामा २६ टिमले प्रतिस्पर्दा गर्ने

  • Kandara Samachar

  • मङ्लबार, फाल्गुन ५, २०८२

  • 17
    SHARES
दोश्रो नीलकण्ठ मेयरफुटसल प्रतियोगितामा २६ टिमले प्रतिस्पर्दा गर्ने
oplus_2

धादिङ
दाेश्राे नीलकण्ठ मेयर फुटसल प्रतियोगिता २०८२ म २६ टिमले सहभागिता जनाउने भएका छन् ।
धादिङबेसीमा मंगलबार बिहान भएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कँडेलले धादिङका २० टिम र धादिङबाहिरको ६ टिमले सहभागिता जनाउने निश्चित भएको छ । स्थानीय सरकारका २१ टिम सहभागि छन् भने पत्रकार महासंघ, कर्मचारी मिलन केन्द्र समेत सहभागि हुने छ ।
पत्रकार सम्मेलनमा प्रत्यक्ष प्रसार गर्दै २६ टिमको खेलका लागि टाइसिट बनाइएको थियो ।
धादिङबेसीमा बुधबार सुरु हुने फुटसल प्रतियोगितामा प्रथमहुनेलाई  एकलाख ११ हजार १ सय ११, द्वितिय हुनेलाई ५५ हजार ५ सय ५५, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टिमलाई ११ १ सय ११ रुपैयाँ पुरस्कार दिइने छ  यसैगरि उत्कृष्ठ गोलकर्ता, उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोलरक्षक र उत्कृष्ठ डिफेण्डरलाई ६ हजार ६ सय ६६ रुपैयाँका दरले पुरस्कृत गरिने छ ।
नीलकण्ठ नगरपालिकाका प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भिम ढुंगानालेले उद्घाटन गर्नुहुने प्रतियोगिता तिन दिन संचालन हुने छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar