नीति र कानुन जनतासंग जाेडिनुपर्छ : एमाले उम्मेदवार त्रिपाठी

नीति र कानुन जनतासंग जाेडिनुपर्छ : एमाले उम्मेदवार त्रिपाठी

  • Kandara Samachar

  • शुक्रबार, फाल्गुन १, २०८२

  • 16
    SHARES
नीति र कानुन जनतासंग जाेडिनुपर्छ : एमाले उम्मेदवार त्रिपाठी

धादिङ । 

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका भूमि त्रिपाठीलाई मतदाताहरूले भूमिस्थान र तसर्थलाई विकाससँग जोड्न आग्रह गरेका छन् ।

नीति र विकास जनताकाे लागि भएकाेले जनतासंग जाेडिने किसिमकाे कानुन र नीति बनाउने एमाले उम्मेदवार त्रिपाठीले बताउनुभयाे ।

मतदाता भेटघाट कार्यक्रम अन्तर्गत दक्षिणी धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २, ३ र ४ का विभिन्न बस्तीहरूमा पुगेका त्रिपाठीलाई नागरिकको आवश्यकता र चाहना अनुसार विकास र नीति नियम तथा कानुन बनाउन मतदाताहरूले आग्रह गरेका हुन्।प्रतिनिधिसभा उम्मेदवार त्रिपाठीलाई निति कानून बनाउन पठाउने भएपनि नागरिकहरुको आशा भने विकास र समृद्धिका लागि काम गर्न आग्रह गरेका छन् । महादेबबेसी निगाले, आग्रा सडक, महादेबबेसी रातमाटे चल्ती सडक कालोपत्रे लगायतका सडक योजना गाउँमा ल्याउन आग्रह गरेका छन् । सिंचाइ र खानेपानी, शिक्षा र स्वास्थ्य लगायतका विषयमा नागरिकले सरल पहुँच हुने गरि निति बनाउन समेत माग गरेका हुन् ।

मतदाताहरूको माग र सवालका विषयमा सम्बोधन गर्दै उम्मेदवार त्रिपाठीले नागरिकको चाहना र आवश्यकता अनुसारको नीति नियम कानुन बनाउने र विकास निर्माणका योजनाहरू ल्याउने बताएका छन्। बिहिबार महादेबबेसी, समनटार, सिम, मिलनचोक, भूमिचुली, डाँडाखार्क, डाँडागाउँ, निगाले, लिति, बाहुनथान र धैरेनीका मतदाताको घरमा पुगेर जनपीषय कानून निर्माण गर्दै विकासका कार्यक्रममा जनताको पहुच पुग्नेगरि सघाउने त्रिपाठीले प्रतिवद्धता व्यक्त व्यक्त गरेका छन्।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar